बिर्तामोडमा ६ जनामहिला सहित ४२ जनाले गरे रक्तदान

0
493

बिर्तामोड ।

झापामा रगतको अभावलाई न्यूनिकरण गर्ने उद्धेश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा ६ जनामहिला सहित ४२ जनाले रक्तदान गरेका छन् ।

युनाइटेड रिभर साइड युवा फाउण्डेसनको आयोजना र नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्रविधिक सहयोगमा शनिबार बिर्तामोडस्थित युनाइटेड रिभर साइड युवा फाउण्डेसनमा भएको रक्तदानमा रक्तदाताको उल्लेख्य सहभागिता रहेको स्वास्थ्य संयोजक रणदेव हजामले जानकारी दिए ।

रक्तदान जीवनदान भन्ने नाराका साथ भएको कार्यक्रममा युनाइटेड रिभर साइड युवा फाउन्डेसनका अध्यक्ष ओम खड्का, संस्थापक अध्यक्ष बलभद्र प्रसाईं, पूर्वअध्यक्षहरु सञ्जिव चापागाँई, लब घिमिरे, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्तम खनाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोड नगरपालिका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

झापामा रगत अभाव नहोस् भन्ने उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइएको छ । बिर्तामोडमा विभिन्न सामाजिक कार्य गर्दै आएको युनाइटेड रिभर साइड युवा फाउण्डेसनले यसअघि अदुवा खोला सरसफाई, जेब्राक्रस निर्माण लगायतका विभिन्न काम गरी सकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here