शनिबार द रियल व्रोदर्स एफसी र न्यू स्टार एफसी उपाधिका लागि भिड्दै

0
614

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को नकआउट चरणकाे दोस्रो खेलबाटद रियल व्रोदर्स एफसी फाइनलमा प्रवेश गरेको हो भने शिखर एफसी नक आउट चरणबाटै बाहिरिएको छ।

आज विहीबार संचालित सेमिफाइनलको अन्तिम खेलमा द वोर्दर्सले शिखर एफसी विरुद्ध १-० गोल गर्दै आफ्नो टिमलाई फाईनलका लागि यात्रा तय गरेको हो। समुह ‘ए’ को विजेता शिखर एफसी विरुद्ध समुह” बी’को द रियल व्रोदर्स एफसीका जर्सी नं १८ का क्याप्टेन तिर्थराज बस्नेतले पहिलो हाफको ३५ औं मिनेटमा प्रहार गरेको बल नै आजको खेलको निर्णायक गोल बन्न पुग्यो ।

निकै प्रतिस्पर्धात्मक भएको खेलको दोस्रो हाफमा शिखर एफसीका खेलाडीलेपाएको पटक-पटक गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेनन्। आजको खेलमा म्यान अफ दि म्याच द रियल व्रोदर्स एफसीका जर्सी नं १८ का तिर्थराज बस्नेत घोषित भएका छन्। उनलाई ३ हजार रुपैयाँ नगद सहित मेडल र ट्रफी प्रदान गरेका थिए।

गत बुधबारको खेलमा टेन नवोदयलाई २-१ को अन्तरले हराउदै फाइनलको पुगेको विजेता न्यू स्टार एफसी र आज विहीवारको विजेता द रियल व्रोदर्स एफसी बिच ईन्ट्रा – पथरीशनिश्चरे प्रिमियर लिग-०७८को उपाधिका लागि पर्सी ५ गते शनिबार भिडन्त हुने आयोजक समितिका सचिव मनि लुम्फुवा लिम्बुले बताएका छन् ।

प्रतियोगिताको विजेता टिमले २ लाख ५१ हजार रुपैयाँ तथा उपविजेताले १ लाख ५१ हजार र ट्रफी प्राप्त गर्नेछ । यसैगरी, अन्य विधातर्फ बेष्ट गोलकिपर, बेष्ट डिफेन्स, बेष्ट मिड फिल्डर, बेष्ट फरवार्ड, हाई स्कोर, बेष्ट कोच, राइजिङ प्लेयरले ७ हजार ५ सयका दरले नगदसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १२ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछ ।

शनिबार हुने फाइनल खेलमा नेपाली चलचित्रका सुपरस्टार नायक दिलिप रायमाझी, वरिष्ठ गायक डम्बर नेपाली , द भ्वाइस अफ नेपाल सिजन-३ का विजेता किरण गजमेर लगायतका स्थानीय र राष्ट्रिय स्तरका विभिन्न कलाकारहरूको उपस्थितिमा विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरुको वेजोड प्रस्तुतिहरू रहने आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here