“जनताको माझमा राप्रपा” घरदैलो कार्यक्रम

0
624

काठमाडौँ, 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको चुनावलाई दृष्टिगत गर्दै यही चैत २८ गतेदेखि ‘जनताको माझमा राप्रपा’ भन्ने मूल नाराका साथ घरदैलो कार्यक्रम गर्ने भएको छ ।देशैभर एकैपटक सञ्चालन गरिने उक्त कार्यक्रम सबै जिल्ला सदरमुकाममा आमसभा तथा कोणसभा गरी शुभारम्भ गरिने महामन्त्री भूवन पाठकले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमका लागि पार्टीले केन्द्रीय पदाधिकारीका साथै केही अग्रज नेतालाई ७७ जिल्लामा प्रतिनिधिका रुपमा खटाएको र ती प्रतिनिधिको अध्यक्षतामा चैत २७ गते सबै जिल्लामा विस्तारित बैठक बस्ने जनाइएको छ ।

बैठकले घरदैलोका लागि समूह निर्माण, आसन्न चुनावमा जिल्लामा संगठनको अवस्था, उम्मेदवार छनोटका विधि, स्थानीय तहको आवश्यकताअनुसार अन्य राजनीतिक दलसँगको तालमेलको सम्भावनाबारे छलफल गरी टुङ्गो लगाएपछि २८ गते घरदैलो कार्यक्रम शुभारम्भ गरिने भएको छ । निर्वाचनको प्रचारप्रसार आचर संहिता लागू नहुन्जेलसम्म घरदैलो गरिने छ ।

पार्टीले अहिलेसम्म पाँच प्रदेशमा विस्तारित बैठकका साथै आमसभा सम्पन्न गरिसकेको नेता सुन्दर पाण्डेले जानारी दिनुभयो । विस्तारित बैठक गर्न बाँकी रहेका प्रदेश नं १ र बाग्मती प्रदेशमा यही महिनामभित्र कार्यक्रम गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here