पत्रकारलाई सम्मान तथा प्रशिक्षण

0
538

सुरुङ्गा ।

प्रेस चौतारी नेपाल झापाको आयोजनामा केही समयअघि सम्पन्न प्रदेश र केन्द्रीय अधिवेशनमा निर्वाचित पत्रकारलाई सम्मान गरिएको छ । प्रेस चौतारी नेपालको केन्द्र र प्रदेशका कार्यसमिति, विभिन्न विभाग तथा निकायमा निर्वाचित भएका सञ्चारकर्मीलाई संविधानसभा सदस्य तथा नेकपा एमाले झापा अध्यक्ष दीपक कार्कीले सम्मान गरेका थिए ।

सम्मान गर्दै प्रमुख अतिथि कार्कीले पार्टी, जनप्रतिनिधि र पार्टीसम्बद्ध पत्रकारका वीच तालमेल र समन्वयमा सबै पक्षको ध्यान पुग्नुपर्नेमा जोड दिए । एमालेको सिद्धान्त जनताको बहुदलीय जनवादको मर्म बमोजिम जनताका वीचमा श्रेष्ठता हासिल गरेर आफूलाई स्थापित गर्न उनले सबैलाई अपिल गरे । कार्यक्रम कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाको सभा हलमा सम्पन्न भएको थियो ।

प्रेस चौतारी नेपाल झापा अध्यक्ष मनकुमार गदालको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष प्रदीप परियारले स्वागत मन्तव्य राखेका थिए । नेकपा एमाले झापा सदस्य एवम् चौतारी झापाका इञ्चार्ज मोहनकाजी, एमाले झापा प्रचार विभाग प्रमुख प्राध्यापक गोपाल काफ्ले लगायतको आतिथ्य रहेको थियो ।

सो अवसरमा अग्रज सञ्चारकर्मी एवम् काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक रघु मैनालीले निर्वाचन अभियानमा सञ्चार र सूचनाको महत्त्व र सञ्चारकर्मीको दायित्व विषयमा प्रशिक्षण प्रदान गरेका थिए । मैनालीले पत्रकारितामा सूचनाले प्रकाश र सञ्चारले ताप र प्रकाश दुवै दिने बताए ।

सूचनाको अर्थ सन्दर्भमा हुने भएकाले समाचार लेख्दा र सम्प्रेषण गर्दा विश्वसनीयताको ख्याल गर्नुपर्ने र चुनावमा पत्रकारिता गर्दा आफ्नो अडान, चिनारी र आफूप्रतिको जनताको दृष्टिकोण र अपेक्षाका सम्बन्धमा पनि विचार पु¥याउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी एवम् प्रेस चौतारी नेपाल प्रदेश सदस्य रामप्रसाद निरौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here