करेन्ट लागेर झापामा एक जनाको मृत्यु

0
379

झापा ।

झापाको हल्दिबारी गाउँपालिका–२ पशुपति चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान कन्चन निर्माण सेवाको बा १ ज ७७४७ नम्वरको टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले विधुतको तारमा छुँदा करेन्ट प्रवाह भई टिफर चालक हल्दिबारी–५ का ४८ बर्षीय बिक्रम तामाङ घाईते भएकोमा तत्काल उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here