जातीय छुवाछुत गर्नेलाई कैद र जरिवाना

0
426

सप्तरी, 

जातीय छुवाछुत मुद्दामा यहाँ पाँच जनाले कैद र जरिवानाको सजाय पाएका छन् । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलाशले आज बोदे बर्साइन नगरपालिका–८ काचनका ४५ वर्षीय राजकुमार यादव, ३० वर्षीय काशिन्द्र यादव, ५५ वर्षीय रामचन्द्र यादव, ४२ वर्षीय सकलदेव यादव र ४१ वर्षीय जितेन्द्र साहलाई कैद र जरिवानाको सजाय फैसला सुनाएको हो ।

जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार अदालतले आरोपितलाई जनही पाँच महिना कैद र रु पाँच हजार जरिवाना तथा पीडितलाई रु ५०/५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

सोही ठाउँका ४२ वर्षीय लिलाधर दास तत्मा र उनकी श्रीमती ३५ वर्षीया दुखनीदेबी दास तत्मालाई २०७४ असार १३ गते साँझ ग्राम डिहवार थान मन्दिरमा असारी पूजा गर्न गएका बेला आरोपितले तल्लो जातको भनेर कुटपिट गरेको भन्दै पीडितले सोही दिन इलाका प्रहरी कार्यालय बोदे बर्साइन र असार १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

कुटपिटबाट लिलाधरको कुमको हड्डी भाँचिएको थियो भने उहाँकी श्रीमती दुखनीलाई शरिरमा चोटपटक लागेको थियो । घाइते लिलाधरको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र विराटनगरमा उपचार गरिएको थियो । विराटनगरमा लिलाधरको कुमको शल्यक्रिया गरिएको थियो ।

पीडितको राजविराजस्थित अस्पतालमा २०७४ असार १५ गते घाउ परीक्षण गरिएको थियो । पूजा गर्न मन्दिर गइरहेका बेला ‘तँ कथित तल्लो जात ९दलित० मन्दिरभित्र पस्न खोज्ने’ भनेर आरोपितले कुटपिट गर्दै पुजाको समानसमेत फालिदिएको पीडितले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयले आरोपितविरूद्ध ०७४ असार १४ गते जातीय छुवाछुत र कुटपिट अङ्गभङ्गमा उजुरी दर्ता गरेको थियो । आरोपित पक्राउ नपरेपछि जिल्ला अदालतले आरोपितविरूद्ध ०७४ भदौ २८ गते म्यादी पुर्जी जारी गरेको थियो । पछिल्लो पटक जिल्ला अदालतले ०७६ असार २५ गते शारीरिक परीक्षणको आदेश गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here