कांग्रेसले उत्कृष्ट चुनावी गीतलाई दुई लाख ७५ हजार पुरस्कार दिने

२ बैशाख २०७९, शुक्रबार मा प्रकाशित

झापा,
नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीको पक्षमा चुनावी गीत ९अडियो÷भिडियो० निर्माण गरी प्रचारप्रसार भइरहेका मध्येबाट उत्कृष्टलाई रु दुई ७५ हजार राशिबाट पुरस्कृत गर्ने भएको छ ।

पार्टी प्रवक्ता डा प्रकाशशरण महत संयोजक रहनुभएको स्थानीय तह निर्वाचन केन्द्रिय प्रचार–प्रसार समितिअन्तर्गतको सांस्कृतिक समन्वय उपसमितिले दर्शक, श्रोता तथा छनोट समितिको निर्णयबमोजिम सो पुरस्कार प्रदान गर्ने जनाएको हो । उपसमिति संयोजक डीबी गुरुङले कांग्रेसको पक्षमा चुनावी गीतहरु ९अडियो÷भिडियो० निर्माण गरी प्रचार–प्रसार भइरहेका गीत फेसबुक म्यासेन्जरमा लिंक गरी पठाउन सम्पूर्ण लोकतन्त्रवादी कलाकारलाई आग्रह गर्नुभएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here