शनिवारदेखि झापा सुपर लिग क्रिकेट प्रतियोगिता: अन्तर्राष्ट्रिय क्रिकेटर गुल्सन झालाई झापामा भव्य स्वागत

२ बैशाख २०७९, शुक्रबार मा प्रकाशित

झापा, लर्ड बुद्ध क्रिकेट एकाडेमीको आयोजनामा शनिवार बिहानदेखि काँकरभिट्टा माविको मैदानमा प्रदेशमै पहिलोपटक झापा सुपर लिग क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ ।
आयोजक संस्थाका कोषाध्यक्ष चोलानाथ दाहालले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए । मैदान मर्मत र मञ्च व्यवस्थापनको काम सकिएको उनले जनाए । मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यले प्रतियोगिता उद्घाटन गर्दैछन् ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्रिकेटरहरुको सहभागिता रहने जनाइएको छ । विर्तामोडको बोष्टर्न ब्लाष्टरबाट अल राउण्डर करण केसी खेल्दैछन् । शिवशक्ति ग्रुपको रसोइ झापा सुपर लिगमा सहभागी टीमहरुले वोष्टर्नले झंै अन्तर्राष्ट्रिय क्रिकेटरहरु समावेश गरेका छन् । टिममा एक जना राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्रिकेटर सहभागी गर्न पाउने प्रावधान अनुरुप अर्पण राई ओनर रहेको भद्रपुर राइजिङ किङ्सले मार्की प्लेयरमा रुपक बराल र आइकोनिक प्लेयरको रुपमा पूर्व राष्ट्रिय क्रिकेटर मञ्जित श्रेष्ठलाई खरिद गरिसकेको थियो ।
टोलीले पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मेहवुव आलमलाई अनुवन्धन गरेको छ । त्यस्तै सुमन प्रसाई, वीरु श्रेष्ठ र हितेन श्रेष्ठको विराट वारियर्सले मार्की प्लेयरमा यु १९का राष्ट्रिय खेलाडी अंकित सुवेदी र आइकोनिक प्लेयरमा पूर्व अन्तर्राष्ट्रिय खेलाडी सिद्धान्त लोहनीलाई खरिद गरेको थियो ।
राष्ट्रिय खेलाडीको रुपमा अन्तर्राष्ट्रिय क्रिकेटर अदिल अन्सारीलाई अनुवन्धन गरिएको टोलीले जनाएको छ । प्रवीण अग्रवाल र रिसभ मित्तल ओनर रहेको धुलावारी टाइगरले अन्तर्राष्ट्रिय क्रिकेटर गुल्सन झालाई अनुबन्धन गरेको छ ।
मार्की प्लेयरमा सुजन थपलिया र आइकोनिकमा दीपेश कँडेल छन् । पूर्व क्रिकेटर लाक्पा लामा र मनोज पौडेलको टिम सनराइज काँकरभिट्टाले मार्की प्लेयरमा कमल खत्री र आइकोनिकमा फिरदोश अन्सारीलाई खरिद गरेको छ । यो टिममा सहभागी बन्ने राष्ट्रिय खेलाडी टुंगो लागेको छैन ।
प्रदेश १मै पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिताको विजेता टोलीले नगद २ लाख ११ हजार र उपविजेताले नगद १ लाख ११ हजार पाउने छ । उपविजेताको पुरस्कार राशि काँकरभिट्टाका सञ्चारउद्यमी बालकृष्ण थापाले प्रायोजन गरेका हुन् ।
प्रतियोगिताका लागि झापा आइपुगेका अन्तर्राष्ट्रिय क्रिकेटर गुल्सन झालाई बिर्तामोडमा स्वागत गरिएको छ ।


धुलावारी टाइगरका ओनर रहेका प्रविण र रिसभ मित्तलले गुल्सनलाई स्वागत गरेका हुन् ।
धुलावारी टाइगरका तर्फबाट गुल्सन सहित सुरज थपलिया, सुयोग वंशल, अविरल ओली, सुमित साह, निखिल पौडेल, प्रवेश कामती, दीपेश कण्डेल, मुकुन्द यादव, शिव राजवंशीले प्रतियोगितामा भाग लिदैछन् । त्यस्तै फेजल रहमान, राज थापा, विवेक वुढाथोकी, उज्वल काफ्ले, महेश सेढाई, डम्वर विष्ट, ज्ञानेन्द्र श्रेष्ठ, भूपेश गौतमले प्रतियोगितामा सहभागीताा जनाउने छन् ।
युनिल क्षेठ टिम कोच रहेको धुलावारी टाइगरमा टीम म्यानेजर अर्शीवाद खडौलिया रहेको प्रविनले वताए । धुलावारी टाइगरलाई बिर्तामोडमा रहेको होलिडे होम र किंसवरी होटलले हस्पिटालिटी पार्टन सेवा प्रदान गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here