झापा , झापा कारागार भद्रपुरका कैदीबन्दीमा छाला ९चर्म रोग० र मानिसक रोगी बढिरहेको भेटिएको छ ।
नयाँ वर्ष २०७९ को अवसरमा झापा कारागार प्रशासनको सहकार्यमा मेची अस्पताल भद्रपुरका चिकित्सकहरूको टोलीले शुक्रबार कारागारभित्रै वृहत् स्वास्थ्य शिविरमा सम्पन्न गरेको छ ।
सोही शिविरमा स्वास्थ्य परीक्षण गराउने कैदीबन्दीहरुमा छाला, मानिसक, आँखा र दाद रोगका समस्या बढी भेटिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। टंकप्रसाद बाह्रकोटीले जानकारी दिए ।
‘चेकजाँच गरिएका कैदीबन्दीमध्ये आधा भन्दा बढीमा छाला र मानिसक रोगका समस्या देखिएको हो,’ उनले भने, ‘स्वास्थ्य जाँचपछि उनीहरूलाई निःशुल्क औषधि पनि दिएका छौँ ।’
मेचीका चिकित्सकहरूले नयाँ वर्ष कैदीबन्दीहरुसँग मनाउँदै सरकारी बिदाको सदुपयोग पनि गरेका छन् । कैदीबन्दीहरुले उपचारका लागि मेची अस्पताल आउँदा पनि सुरक्षादेखि पालो कुर्नु पर्ने समस्यालाई ख्याल गर्दै कारागारभित्रै स्वास्थ्य शिविरको आयोजना गरिएको मेसु बाह्रकोटीले बताए ।
शिविरमा मेची अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ तथा मेसु बाह्रकोटीको नेतृत्वमा फिजिसियन डा। मनिष सुवेदी, डा। आकाश कोइराला, छाला रोग विशेषज्ञ डा। केशव ढकाल, मानसिक रोग विशेषज्ञ डा। शंशाकराज पोखरेल, बाल रोग विशेषज्ञ रविन रेग्मी, कन्सल्टेन्ट सर्जन डा। शाम्भवी शर्मा, नशा तथा बाथ रोग विशेषज्ञ डा। विजय भुजेल, स्त्री रोग विशेषज्ञ डा। इरिशा तन्डुकार लगायत चिकित्सकको टोली पुगेका थिए । हाल कारागारमा महिला र पुरुष गरी १३ बढी कैदीबन्दी रहेका छन् ।































