एकीकृत वंशावली प्रकाशन गर्दै ढकाल बन्धु

0
610

झापा,ढकाल बन्धू हित तथा वंशावली एकीकृत समाज केन्द्रीय कार्य समितिले ढकाल बन्धुको वंशावली लेखन कार्यलाई सम्पादन गर्दै एकीकृत वंशावली प्रकाशन गर्ने भएको छ ।
झापाको कनकाई नगरपालिका ४ कोटिहोममा केन्द्रीय कार्यालय रहेको ढकाल बन्धु केन्द्रीय समितिले एकीकृत वंशावली प्रकाशन गर्ने भएको छ ।
वैशाख २ गते शुक्रवारका दिनदेखि आधिकारिक रुपमा केन्द्रीय कार्यलयमा प्रत्येक शुक्रवार र शनिवार खुल्ले गरी कार्यालय स्थापना समेत गरेको छ । जसका लागि समाजले नयाँ नेतृत्व समेत चयन गरेको छ ।
राम ढकालको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरिएको हो ।
ज्येष्ठ नागरिक प्रेम ढकालको अध्यक्षतामा सञ्चालन भएको सो कायक्रममा केन्द्रीय कार्यसमितिका अध्यक्ष भानुभक्त ढकाल, महासचिव तुलसी ढकाल, सदस्य डिल्ली ढकाल, सदस्य प. घनश्याम ढकालले आफ्ना धारणा राखेका थिए ।
सो कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यिक्ष राजेन्द्र केशर ढकाल लगायत ज्ञात अज्ञात गोलोक गमन गरेका ढकाल बन्धुहरुको शोक प्रस्ताव पारित गरिएको थियो ।
ढकाल बन्धूहरुले वंशावली लेखनका लागि आफ्ना वंशजहरुको नामावली उपलब्ध गराउन हुन सम्पूर्ण ढकाल बन्धुहरुलाई अनुरोध गरिएको थियो । कार्यक्रम केन्द्रीय सह सचिव चन्द्रकान्त ढकालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here