राजगढ,असोज २३ । नेपाली सेनाका हवल्दारले दक्षिणी झापाको राजगढमा एक महिलालाई जवरजस्तीकरणी गर्न खोजेपछि गाउँलेले लखेटेका छन् ।
नेपाली सेनाको पोखरा स्थित शिक्षालय तालिम केन्द्रमा कार्यरत नेपाली सेनाका हवल्दार गणेश सरकारले दशैं मनाउन घर आएका बखत राजगढ – १ भागुडुब्बामा बस्तै आएकी एक महिलालाई जवरजस्ती करणी गर्न खोज्दा महिलाले चिच्याएपछि गाउँलेले नेपाली सेनाकाहवल्दार सरकारलाई लखेटाका हुन् । आदिवासी समुदायकी ती महिलाका श्रीमान् वैदेशिक रोजगारको शिलशिलामा विदेसिएपछि घरमा एक्लै भएको मैका छोपी आफूलाई जवरजस्ती गर्न खोजेको पीडित महिलाले प्रहरी समक्ष बताएकी छिन् ।
यसअघि पनि नेपाली सेनाका हवल्दार सरकारले छुट्टी मनाउन घर आएका बखत उनी माथि जवरजस्तीकरणीको प्रयास गरेपछि स्थानीय गाउँलेले समाजमा नै समस्याको समाधान गरेको बताइएको छ । तर, पटक– पटक आफूमाथि सरकारले जवरजस्तीकरणीको प्रयास गरेको बताउँदै पीडित महिलाले इलाका प्रहरी कार्यालय राजगढमा उनीमाथि कार्वाहीको माग गर्दै निवेदन दिएकी छिन् ।
घटना सार्वजनिक भएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेपनि सरकार अल्फवेट नखुलेको ६०३० नम्बरको मोटरसाइकल लिई फरार भएको इलाका प्रहरी कार्यालय राजगढका प्रमुख मनोज पौड्यालले बताए । पीडित महिला मजदुरी गरी जिविकोपार्जन गर्दै आइरहेकी छिन् भने सेनामा कार्यरत सरकार सोही ठाउँका स्थानीयबासी हुन् ।