अधिकार सुनिश्चित हुनुपर्नेमा जोड

0
469

बिर्तामोड, असोज २३ । झापामा जुनसुकै संघीय राज्य घोषणा भएपनि त्यसभित्र मेचे जातिको अधिकार सुनिश्चित हुनुपर्ने जातीय अगुवाहरुले जोड दिएका छन् ।
आज बिर्तामोडमा आयोजित मेचे महिला उत्थान संघको तेस्रो साधारणसभामा बोल्दै मेचे जातिका अगुवाहरुले झापामा लिम्बुवान वा कोचिला जुन सुकै राज्य घोषणा भए पनि त्यस भित्र आफनो जातिको अधिकार सुनिश्चित हुनुपर्ने बताएका हुन् । आफनो अधिकार प्रति प्रतिबद्ध हुने राजनीतिक संगठनलाई समर्थन गर्ने उनीहरुको भनाई छ ।
कार्यक्रममा बोल्दै मेचे सिबियारी आफातका केन्द्रिय अध्यक्ष रुपेश मेचेले कोचिला प्रति समर्थन जनाउदै यहाँ घोषणा हुने संघीय राज्यमा आफुहरुको पहिचान सहितको आत्मनिर्णयको अधिकार सुनिश्चित हुनुपर्ने बताए । झापामा मात्र बसोवास रहेको लोपोन्मुख मेचे जातिको जनसख्ंया ४ हजार ८ सय ६७ रहेको २०६८ सालको जनगणनामा उल्लेख छ । खास गरी जलथल र धाइजन गाविसमा उनीहरुको बसोवास रहेको पाइन्छ ।
नेपाल आदिवासी जनजाति महासंघकी केन्द्रीय उपाध्यक्ष रोशनी मेचेले थोरै जनसख्ंया भएकाले संघिय राज्य खोज्नु उचित नहुने भन्दै संघियतामा मेचे जातिलाई स्वायतता प्रदान गर्नुपर्ने बताइन् ।
मेचे महिला उत्थान संघकी केन्द्रीय अध्यक्ष एकासरी मेचेको अध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजाति महासंघ झापाका सहसचिव विरेन मेचे, आदिवासी पत्रकार संघका अध्यक्ष इन्द्रसिंह राजवंशी, किशोर आङदम्बे, धर्म राई लगायतले बालेका थिए ।
यसैबीच मेचे महिला उत्थान संघको सम्पन्न तेस्रो साधारणसभाले नयाँ कार्य समिति चयन गरेको छ । जसको अध्यक्ष रोशनी मेचे,उपाध्यक्ष मीना, सचिव विन्दा,सहसचिवअन्जली, कोषाध्यक्ष मन्जु, तथा सदस्यहरुमा अग्नीमाया,रमा,कमला र नीषा मेचे लगायत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here