युवालाई स्वरोजगार बनाउन लगानी गर्दै समुन्नत सहकारी

0
398

झापा, झापाको बिर्तामोड– ५ स्थित कृषि थोक वजार परिसरमा रहेको समुन्नत बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्वरोजगार बनाउन २५ लाख रुपैयाँ लगानी गरेको छ ।


नेपाल सरकारले सञ्चालनमा ल्याएको स्वरोजगार कार्यक्रम अन्तरगत सरल व्याजदरमा सहकारीले १५ जनालाई २५ लाख रुपैयाँ लगानी गरेको हो । बिर्तामोड नगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच विपन्न नागरकलाई स्वरोजगार बनाउने उद्देश्यसहित २५ लाख रुपैयाँ लगानी गरिएको संस्थाका सञ्चालक समिति सदस्य नवीन वरालले जानकारी दिए ।


सहकारीका अध्यक्ष कमल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवलय अन्तरगत स्वरोजगार कर्जा लगानी गरिएको सञ्चालक समिति सदस्य बरालले बताए ।
सहकारीका सञ्चालक समिति सदस्य वालादेवी खरेलले स्वागत गरेको कार्यक्रममा कर्जा सम्वन्धी प्रशिक्षण समेत प्रदान गरिएको थियो । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि लिङ्देन सहित कृषि थोक बजार व्यवस्थापन समिति अध्यक्ष कमल प्रसाद पौडेल, युवा तथा साना व्यवसायी झापा जिल्ला समन्वय समितिका सचिव सन्तोष सापकोटा, हाम्रो हितकारी कृषि सहकारी संस्थाका सचिव नारायण काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए । सहकारीका सञ्चालक समिति सदस्य रामजी पोखरेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here