रोङका जनप्रतिधिहरुको बिदाइ

0
735

गणेश अर्याल इलाम ।

औपचारिक सम्बन्ध, पद र कुर्सीमा मात्रै मानिसको मुल्याङकन नहुने इलामको रोङ गाउपालिकामा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले कर्मचारी र जनप्रतिनिधिको सहकार्य र सहयोग आदान प्रदानले मात्रै योजना र बिकास कार्यान्वयन गर्न सकिने मा पनि जोड दिएका छन् ।

गाउपालिकामा २०७४ सालको स्थानीय निर्बाचनमा निर्बाचित जनप्रतिनिधिहरुलाई बिदाइ गर्न आयोजित कार्यक्रममा बोल्ने बत्ताहरुले सो कुरा बताएका हुन् । बिगतमा रोङको बिकासको काम गर्ने क्रममा भएका तिता मिठा कुरा बिर्षन आग्रह गदैै उनीहरुले भबिष्यमा थप सहयोग गर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।

कार्यक्रममा रोङ गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दाहाल, गाउपालिका अध्यक्ष सम्सेर राई उपाध्यक्ष चन्द्रकला राई, वडा का अध्यक्षहरु वडा सदस्यहरु लगायतले धारणा राखेका थिए ।

रोङ गाउपालिकाका कर्मचारी परिवारले आयोजना गरेको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख प्रशाकीय अधिकृत दिपेन्द्र दाहालले कानुन र ब्यवहारलाई समायोजन गरेर काम गर्न स्थानीय जनप्रतिनिधिहरुमा चुनौति ले गिजोलेको बताउनु भयो । ‘बिकासको मोडालिटीलाई जनप्रतिनिधिहरुले क्याच गर्न सकेकाले अभिभावकको रुपमा हेर्ने गरिन्छ, प्रमुख प्रशासकीय अधिकृत दाहालले भने,– ‘गाउपालिकालाई यो अवस्था सम्म ल्याउन सहयोग गर्ने पूर्व प्रमुख प्रशासकीय अधिकृतहरु कर्मचारीहरुको भुमिका को पनि मुल्याङकन हुने छ ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गाउपालिकाका अध्यक्ष शमसेर राईले मन हुदै गर्दा पनि फेरी गाउपालिका अध्यक्ष पदमा दोहोे¥याउन नपाएको बताए । ‘पार्टीले म भन्दा अर्कैैलाइ योग्या ठान्यो र उम्मेद्वारी नपाएपनि कुनै गुनासो छैन, अध्यक्ष राइले भने, पार्टीको निर्णय कार्यान्वयनमा लान म तयार छु ।

अध्यक्ष राईले बोल्ने क्रममा भाबुक हुदै वडा नम्बर १ का अध्यक्ष बुध्दिबहादुर ढकाल, वडा नम्बर ५ का वडा सदस्य बिना कुमारी राई र उपाध्यक्ष चन्द्रकला राईले बिभिन्न कोण बाट गरेको सहयोगको प्रशसा पनि गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष चन्द्रकला राई, वडा अध्यक्ष मात्रिका बराल, बुध्दीबहादुर ढकाल, वडा सदस्य प्रेमराज गुरुङ महानन्द अधिकारी, इन्दिरा बिश्वकर्मा, बिमला तामाङ केशर प्रधान लगायतले आ आफ्नो धारणा राखेका थिए ।

पाच बर्षे कार्यकाल पुरा गरेका सबै जनप्रतिधिहरुलाई सम्मान पत्र सहित मायाको चिनो प्रदान गरिएको थियो । गाउपालिका का प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दहालले दोसल्ला सहित मायाको चिनोले सम्मान गरेका थिए । कार्यक्रम नेत्र प्रसाद पोखरेलको सञ्चालन तथा प्रमुख प्रशाकीय अधिकृत दिपेन्द्र दाहालको सभापतित्वमा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here