
संसारमा जति पनि युग परिवर्तनहरु देखिए । तिनको विकासका बाटाहरु र बाटामा हिँड्ने तौरतरिकाहरु पनि फरक–फरक थिए । महापुरुष महात्मागान्धीले भन्नुभएको थियो– प्रत्येक मानवको मन अनि चिन्तन बद्लिनुपर्छ तबमात्र विकासमा परिवर्तन आउन सक्छ । –माक्र्सको भनाइ थियो– यदि विकास गर्नुछ भने धनको हस्तान्तरण बदलिनुपर्छ ।
त्यस्तै चीनका माओ भन्नुहुन्छ– यो विकास ता तब हुन्छ जब तनमा फेरबदल आउँछ । बिजुलीको पंखामुनि बसेर सुविधाका साथ कलम चलाउने र छिन–छिनमा कफी, चियाका निमित्त घण्टी किरिङ–किरिङ बजाउने विदेशी शिक्षा प्राप्त गर्ने उच्च पदस्थ अफिसरलाई जबर्र्जस्ती तनको मानमर्दन गर्न बाध्य तुल्याउने कम्युनिज्मा सुँगुरको खोर सफा गर्नसम्म पनि सक्षम हुन्छन् । कोइलाखानीका श्रमिकहरुले कोइलाखानीमा काम गर्दा पनि सचिवालयको अनुभव गर्छ । तब मात्र विकासका ढोका खुल्ने कुराहरु ठूला–ठूला महापुरुषहरुको भनाइ हो, यो नत्र कहाँ खुल्छ । माओको सांस्कृतिक क्रान्तिको मूल आशय आखिर त्यही नै थियो ।
यो धरातलमा एक चौथाइ महापुरुषहरुको उदय भयो जसको नामको पहिलो अक्षर पनि सञ्जोगले ‘म’ नै थियो । मेगासेसे, मोहनदास, माक्र्सं, माओ यी चार महापुरुषहरु जसले मानव समाजलाई परिवर्तन तथा विकासको फरक चारवटा बाटाहरु देखाएका छन् । प्रथमले मनलाई महत्व दिए भने दोस्राले धनलाई सर्वोपरि माने । तेस्राले तनलाई सर्वाधिक औसरदार ठाने र चौथा मेगासेसेले अघिल्लो जीवनकाल भाषण गर्नमा होइन ।
किनकि अफिसको फाइल यताबाट उता घिसार्न पनि दुःख भएको अल्छी र बेइमानी कार्यालयका कर्मचारीहरु भाट पाए अनि घुसखोरीको बाटो मात्र पाए । विकासका पाटाहरुमा ढोका लागेको पाए । उनले समय यसै व्यतीत भएको पाए । देश लथालिङ्ग भएको पाए । उनी त साधारण क्लर्क मात्र थिए जो नियतिहरुको चाहना थियो । तिनीहरुसँग मेगासेसे घोलमेल हुन कदापि सकेनन् बरु विरोधमा उत्रिए ।
उनी पछि त्यस देशको राष्ट्रपति बन्न पुगे । साम्यवादी गुरिल्लाहरुद्वारा लामो समयसम्म आक्रान्त भएको राष्ट्रलाई उनले यति ठूलो राहत दिएर विकसित राष्ट्रको रुपमा परिणत गरे । सारा संसार खुशी भयो त्यो उनको कार्यले । जनताले धन्यवाद नदिई बस्न सकेनन् । उनको जय–जयकार गरियो । यो कस्तो महापुरुष निस्कियो भने युवा मेगासेसे जसले जादुको लठ्ठी घुमायो, फिलिपिन्सको अर्थतन्त्र र राजनीतिमा यति छिट्टै आमूल परिवर्तन ल्यायो र धनधान्यताको शुरम्य प्रकाश फैलायो । ‘आवश्यकता आवश्यकताको जननी’ भन्या जस्तै जब जस्तो जरुरत पर्छ ।
त्यस्तै युगान्तकारी नवनिर्माण राजनीतिको नेता पैदा हुन जरुरी हुन्छ । कृष्णले गीतामा भनेको झैं ‘यदा–यदा हि धर्मस्य ग्लानिर्भवति भारत ! देखि सम्भवाम युुगेयुगे’ कसैले बोलाउनु पर्दैन ऊ आफैं आउँछ । फिलिपिन्स दुर्दशामा जकडिएको ग्रस्त देश थियो भने त्यहाँका जनताहरु एक नयाँ बाटोको र नयाँ देश र देशको विकास अनि जनताको पिरमार्का बुभ्mने नेताको तलासमा थिए । उनीहरु भाषणकर्ता मात्र र राजनीति गर्ने नेताहरुबाट वाक्क भइसकेका थिए र राम्रो कायकर्ता नेताको खोजीमा थिए । यस्तैमा अचानक मेगासेसे देखापरे र उनले पूरा नाम रैमान मेगासेसे थियो ।
रैमान मेगासेसे सुरुमा स–साना सभाहरुमा भाषण गर्न थाले । शुरु–शुरुमा त्यति जमघट र भिड नभए पनि त्यहाँ स्रोताहरुको कमी थियो । किनकि त्यहाँका मानिसहरु भाषण सुन्दा–सुन्दा वाक्क हुन्थे र नेतालाई गाली गर्ने र सराप्ने मात्र हुन्थ्यो । त्यति वितृष्णा भएको थियो नेतादेखि । मेगासेसेले भाषण गर्दा त्यति लामो भाषण गर्दैनथे । अरुहरुको जस्तो मात्र उनी केवल जनताको गाँस, बास र कपासको परिपूर्तिको मात्र कुरा गर्थे । खेतबारीको चर्चा गर्थे । गाईगोठको कुरा गर्थे सिधा प्रश्न गर्थे । साह्रै सोच्नुहोस् सारा दुःखदर्दको जड कहाँ छ ? अपाङ्ग राज्य शासनमा यो लुकेको छ र हकवालाहरुको साम्यवादी गुरिल्ला दस्ताहरु जसका नेता थिए ।
रैमन मेगासेसे उनी भन्छन्– ‘जो तपाईहरुलाई खेतबारीमा काम गर्न दिँदैनन् र प्mयाक्टरी जानबाट रोक्छन् । तपाईहरु भोकभोकै सुत्नुहुन्छ अनि तपाईका साना–साना छोराछोरीहरु भोकभोकै सुत्छन् अनि भोकैले मर्छन् । त्यस्ता कुराहरु मेगासेसेले दिएको भाषणमा जनतालाई ठूलो घत लागेर आयो । उनीहरुको मन छुने भाषण थियो त्यो अनि उनीहरु एकापसमा भन्ने गर्थे यो ठिटाले साँच्चिकै ठीक कुरा ग¥यो । अरु नेताहरुको भन्दा फरक उसले गाँठी कुरा बोल्दैछ भन्न थाले । त्यसपछि दिनप्रतिदिन उनको भाषण महत्वपूर्ण बन्न थाल्यो । जनता उनका अगाडि झुम्मिन थाले । अब उनी फिलिपिन्सको एउटा नेता बन्ने पक्कापक्की थियो । उनको हिम्मत बढ्दै जान थाल्यो ।
एकदिन उनी त्यहाँका राष्टपति बने र उनले ठूलो हाँकझाँक केही गरेनन् । केवल प्रशासनिक स्वरुप र विधिमा आद्योपान्त रुपान्तरणमा परिवर्तन ल्याए । यति अधिक परिवर्तन ल्याए कि घुस खानेहरुको जरैदेखि निर्मूल गरे । कार्यालयका फायलहरु छिटो–छरितो तरिकाले अगाडि बढ्न थाले । प्रहरी प्रशासनको ढिलासुस्ती छिटो–छरितो ढंगबाट चल्न थाल्यो । चुस्त र भेदभावमुक्त शासन प्रशासन ल्याउनुस् र शान्ति सम्पन्नताको आशनमा बस्नोस् यही उनको छोटो भनाई रहेको थियो ।
३) केही समयमा हकवालाहरुको प्रभाव र ताकत घट्न थाल्यो । गुरील्लाहरु धमाधम आत्मसमर्पण गर्न थाले तथा चातुर्थ अमनचैन हुन थाल्यो । तर, जसरी कुनै युवतीको आशलाग्दो केटो भाग्यवस कहिलेकाहीँ ‘जेठाजु परिदिन्छ’ र विचरीको सारा खर्णीम सपना चकनाचुर हुन्छ । त्यसरी नै कुनै कुनै राष्ट्रको जीवनमा यदाकदा यस्ता दुर्दान्त समय पनि आइदिन्छ ।
भरपर्दो खाइलाग्दो आँखामा नबिजाउने नेता कि त समयमै मर्छ कि शरीर असक्त हुन्छ । त्यस्तै रैमन मेगासेसेको हालत भयो । युवा मेगासेसे एकदिन अचानक प्लेन दुर्घटनामा परी मृत्यु भयो । जो नहुनु थियो त्यही भयो । नत्र भन्न सकिन्न कि फिलिपिन्सको वैभवता, सम्पन्नता अझ कति गुणा विकासले उग्ररुप लिइसकेको हुन्थ्यो । आज हाम्रो देशमा पनि एउटा मेगासेसेको उदय हुन जरुरी देखिएको छ । नेताहरु बिना कामका भाषण छाटेर जनतालाई गुमराहमा पार्ने भाषण गरेर अरु वितृष्णा फैलाउने काम गरिरहे ।
४) तर, यहाँ त्यस्ता भाषणले जनतालाई काम न दिने भइसकेको छ । जनतालाई त अव गाँस, बास, कपासको कुराहरु हुनुपर्छ । तर, कुरा गरेर पेट भर्दैन यथार्थ हुनुप¥यो । त्यसैले त्यो गराउन गर्न जनताकै हातमा आएको छ । यसपालीको यो राम्रो मौका नगुमाइ राम्रो र असल देश र जनताका समस्या हेर्ने यथार्थ गणतन्त्रकै अनुभूति गराउने नेता जन्माउन जरुरी छ ।
फिलिपिन्सको मेगासेसेले जस्तो नेता हाम्रो राष्ट्रलाई चाहिएको छ । होलान् त्यस्ता नेता कतै भए भेटे जनताले नछोडौँ विजय त्यस्तै मात्र अब सम्भव छ । अन्य भाषण र तुक्काबाजी गरी आपूm मालामाल र जनता भोकभोकै पार्ने नेता अब तीन करोड नेपालीलाई चाहिएको छैन । देश बेचुवा नेताहरुको खाँचो नेपाली जनतालाई छैन । यस्तो नेताको खाँचो छ, जो देशलाई सच्चा, इमान्दार, देश र जनताको निम्ति मरिमेट्ने नेता चाहिएको छ ।


























