अवरुद्ध विद्युत् सेवा सुरु

0
512

रौतहट, 

शुक्रबार साँझ आएको हावाहुरीका कारण अवरुद्ध रौतहटको बौद्धीमाई नगरपालिकाको विद्युत् सेवा सुचारु भएको छ ।

स्थानीयवासीको सहयोगमा विद्युत्का उपकरणको मर्मतपछि ती सेवा तीनदिनपछि पूर्ववत् सञ्चालन भएको विद्युत् प्राधिकरण मौलापुर सवस्टेशनले जनाएको छ । शुक्रबार साँझ आएको हावाहुरीले रौतहटको विभिन्न स्थानमा बिजुलीको तार र पोलमा क्षति पु¥याएपछि यस क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो ।

विद्युत अवरुद्ध हुँदा यहाँका एफएम रेडियो, अनलाइन, कुटानीपिसानी मिल, व्यापारिक प्रतिष्ठान, अस्पताललगायतको सेवा प्रभावित भएको थियो । विद्युत् अवरुद्ध हुँदा गर्मी छल्नसमेत समस्या भएको बौद्धीमाई नगरपालिका–९ का ब्रीजभूषण मिश्राले गुनासो गर्नुभयो ।

“बिजुली अभावमा पङ्खा नचल्दा साना बालबालिकाले कष्ट भोग्नु परेको थियो”, उहाँले भन्नुभयो, “उखरमाउलो गर्मी सहन नसकेका बालबालिका छट्पटिएर रात बिताउन बाध्य भएका थिए ।” बिजुलीमा निर्भर परिवारलाई खानपीन गर्न तथा नुहाउन पानीको समस्या समेत झेल्नु परेको उहाले बताउनुभयो ।

“विद्युत् अभावमा व्यापार घाटा व्योहोर्न बाध्य भयौं”, बौद्धीमाई नगरपालिका–८ का रोहित साहले भन्नुभयो, “विद्युत् अवरुद्धले लाखौँको नोक्सान व्योहोर्नु प¥यो ।” यहाँका पेट्रोल पम्प, मिठाइ पसल, कोल्डमेसिन फ्रिजलगायत उपकरण तथा पसल सञ्चालनमा समस्या व्यर्होर्नु परेको उहाँको भनाइ छ ।

विद्युत् सेवा सुचारुसँगै मोबाइल र इन्टरनेट सेवा समेत सुचारु भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here