गठबन्धनले लोकतन्त्रलाई बलियो बनाउँछः नेता निधि

0
569

मोरङ,

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय पालिकाको निर्वाचनमा नेपाली कांग्रेस अग्रस्थानमा आउने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच भएको तालमेलबाट नेपाली कांग्रेस अग्रस्थानमा आउने बताउनुभएको हो ।

नेता निधिले भन्नुभयो, “यो गठबन्धनले मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र कांग्रेस पार्टीलाई बलियो बनाउन सहयोग प्ुग्नेछ ।”

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले रु एक करोड ७० लाख मतदाता रहेको मुलुकमा कोही कसैको भाइ, श्रीमती, छोरीबुहारी हुने भएकाले निर्वाचनमा उम्मेदवारी हुनु स्वभाविक हो भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here