कपिलवस्तु ।

म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
टिकटकमा भिडियो बनाएर उनले पोष्ट गरेका थिए । उक्त भिडियोमा आफू म्यादी भएको जे गछौं गरेर भनेर भिडियो बनाएका थिए ।
पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् । कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।































