भद्रपुर,

नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष एवम् पूर्वाञ्चल दैनिकका पूर्व प्रबन्ध निर्देशक एवम् नागरिक एफ एमका प्रबन्ध निर्देशक तथा मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहाललाई मातृ शोक परेको छ।
उहाँकी माता इन्द्रमाया दाहालको ९१ वर्षको उमेरमा निधन सोमबार विहान निधन भएको हो। झापाको बुद्ध शान्ति-५ शान्तिनगर स्थायी बसोवास गर्नु हुने स्वर्गीय दाहालको हिजै दिउँसो पवित्र कनकाई नदीमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
स्वर्गीय दाहालका ४ छोराहरू यादव, चिन्तामणि, भद्रमणि र हिरामणि तथा ३ छोरीहरू चन्द्रकला, हेमन्ता सापकोटा र हेमन्ता भण्डारी हुनुहुन्छ। माइलो छोरा चिन्तामणि भने अहिले तीर्थ यात्रामा भारत गएको बेला मातृ शोक परेको बुहारी कमला दाहालले जानकारी दिनुभयो।
परिवारका अनुसार चारधाम तीर्थ यात्रा गर्न जानु भएको उहाँ तीर्थ छोट्याएर घर फर्कदै हुनुहुन्छ ।






























