‘प्रतियोगिता जित्न मानसिक र बौद्धिक रूपमा तयार हुनुपर्छ’

0
410

मिस टिन–२०१४ मा मिस फोटो जेनिकको उपाधि जित्न सफल करूणा कार्कीले मोडलिङ क्षेत्रसहित भविष्यमा पर्यटन पत्रकारिता गर्ने लक्ष्य लिनुभएको छ ।  प्राकृतिक सौन्दर्यको फोटो क्यामरामा कैद गर्दै गर्न व्यस्त कार्की मिस नेपाल प्रतियोगितामा सहभागिता बन्ने तयारी स्वरूप विभिन्न प्रतियोगिताहरूमा समयले भ्याएसम्म आफूलाई बौद्धिक र मानसिक रूपमा तयार पार्दै हुुनुहुन्छ ।
कुनै पनि प्रतियोगितामा सफल हुन मानसिक र बौद्धिक रूपमै तयार हुनुपर्छ, त्यसका लागि लगन, धैर्य र मेहनतको आवश्यकता पर्छ भन्ने मान्यता राख्ने कार्कीलाई कला क्षेत्रमा संलग्न हुन परिवारबाटै पूर्ण समर्थन रहेको बताउनुहुन्छ ।  फाटोग्राफी विषय लिएर प्लस २ पास गर्नुभएकी कार्कीको स्केचिङ, चित्रकला र विभिन्न स्थानमा घुमेर फोटो खिच्ने र विविध जानकारी हासिल गर्ने सौख पनि छ ।
मोडल / करूणा कार्की

स्रोत गोरखापत्र दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here