गणेश अर्याल
इलाम , कात्तिक ५ । नेपाल तरुणदल इलामको जिल्ला अधिवेशन आगामी कात्तिक २० र २१ गते इलाम सदरमुकाममा सम्पन्न हुने भएको छ ।
कात्र्तिक १९ गते क्षेत्रीय अधिबेसन तथा २० र २१ गते जिल्ला अधिवेशन गर्ने भएको तरुणदल जिल्ला इलामका अध्यक्ष इश्वर चिपालुले बताउनुभयो । २० गते इलाम चोक बजार स्थित लाकुरी चौतारोमा जिल्ला अधिबेशनको उद्घाटन गर्ने र २१ गते बन्द सत्र गरी नया कार्य समिति चयन गर्ने कार्यक्रम रहेको छ । इलामको ३ वटै क्षेत्रको क्षेत्रीय अधिबेसन १९ गते अलग अलग स्थानमा सम्पन्न गरी छानिएका प्रतिनिधिले जिल्ला अधिबेसनमा सहभागी हुन पाउने नेपाल तरुलदल इलामले जनाएको छ ।