झापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाले जिल्ला समन्वय समिति झापाको प्रमुखको उम्मेद्वार विश्व वराललाई बनाउने निर्णय गरेको छ ।
त्यस्तै उपप्रमुखमा शान्ता रोक्का क्षेत्रीलाई उम्मेद्वार बनाउने निर्णय गरेको जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले जानकारी दिए ।

बराल दमक नगरपालिका र क्षेत्री बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य हुन् ।
जिल्ला निर्बाचन कार्यालयले जिल्ला समन्वय समितिको निर्वाचनको मिति तय गर्ने भएको छ । जिल्ला सभाको बैठक गरी मिति तय गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले बताए । जिल्ला समन्वय समितिमा प्रमुख , उपप्रमुख ,कम्तीमा तीनजना महिला सदस्य , एकजना दलित सदस्य र बढीमा तीनजना खुल्ला सदस्य रहने प्रावधान रहेको छ । त्यस विषयमा छलफल गरी निर्वाचनको मिति घोषणा गरिने नेपालले बताए । जिल्ला सभामा नेकपा एमालेको बहुमत रहेको छ ।





























