इलाम, कात्तिक ५ । पुनराबेदन अदालत इलाममा मुख्य न्यायधिसको रुपमा पहिलो पटक महिला न्यायधिस नियुक्त भएकी छिन् ।
पुनरावेदन अदालत इलाममा न्यायधिसको रुपमा बढुवा भएर मीरा खड्का आएकी हुन् ।
कार्यालय प्रमुखको रुपमा महिला कर्मचारी नियुक्त भएकोमा महिलाको क्षेत्रमा काम गर्ने संघसस्थाले खुसी प्रकट गरेका छन् ।
यसै क्रममा महिला जागरणसंघ इलामले स्वागत मुख्य न्यायधिस खड्काको स्वागत गरेको छ । इलाम सदरमुकाम स्थित जागरण संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी न्यायधिस खड्कासंग परिचयत्यक कार्यक्रम गर्नुको साथै शुभ दिपावाली २०७१को अवसरमा शुभकामना आदप्रदान समेत गरिएको छ । महिला जागरणसंघ इलामकी अध्यक्ष विष्णु दहाललको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य न्याधिस मिरा खड्कालाई फुल माला लगाएर स्वागत गरिएको थियो । महिलाका क्षेत्र कार्य गर्ने महिला जागरणसंघले पछिल्लो समय इलाममा सरकारी तथा गैरसरकारी कार्यालयहरुमा कार्यालय प्रमुखका रुपमा महिला प्रमुख भएर आउँदा खुसी व्यक्त गदै स्वागत गर्ने गरेको छ ।