जेष्ठ नागरिक सम्मानित

0
512

purwanchal
इलाम,  कात्तिक ५ ।   इलामको सुर्योदयन गरपालिका को वडानम्बर ४ माघेमा १५ जना जेष्ठ नागरिक सम्मानित भएका छन् ।
नेपाली काङ्ग्रेस वडा इकाई आयोजनामा ८० बर्ष माथिका १५ जेष्ठ नागरिकलाई सम्मानीत गरिएको छ । समाज विकासमा गरेको योगदानको कदर स्वरुप गरिएको नेपालि काग्रेसले जनाएको छ । सम्मान कार्यक्रममा काङ्ग्रेसका जिल्ला तहका नेताहरुले जेष्ठ नागरिकहरुलाई सम्मानपत्र, दोसल्ला र नगद सहित सम्मान गरेको इकाई सभापति कमल खतिवडाले जानकारी दिनुभयो । यसरी सम्मानित हुनेहरुमा देवकी देवि अधिकारी, बृख बहादुर राई, भिम प्रसाद ढकाल, आसमाया राई, छत्र प्रसाद ढकाल, कृष्ण कुमारी गुरुङ र खड्ग बहादुर राई रहनु भएको छ । त्यसैगरी जिवनाथ उपाध्याय, श्रीसेतुमान राई, शिवमाया नेपाल, इन्द्र कुमारी मोक्तान, पञ्जावसिंह मोक्तान, कृष्णमाया मोक्तान, इन्द्र बहादुर राई र पदमाया राईलाई पनि सम्मान गरिएको थियो । नेपाली कांग्रेस इलामका जिल्ला सचिव खगेन्द्र देवानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सम्मानीतहरुले आफुले पहिलो पटक सम्मान पाएकोमा खुशी व्यक्त गरेका छन । कार्यक्रममा नेपाली काङ्ग्रेसका उपाध्यक्ष प्रेम चाम्लिङ, कोषाध्यक्ष डम्बर खड्का, महासमिति सदस्य बेनुपराज प्रसाई, हरि प्रसाद खनाल, दिपक अधिकारी, क्षेत्रीय सभापति भिष्म प्रधान, विपी चिन्तन प्रतिष्ठानका जिल्ला उपाध्यक्ष दुर्गा बराल, तरुण दलका जिल्ला सदस्य निर्मल राउत लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here