जनताको परीक्षणमा नयाँ नेतृत्व

0
479

संघीयताको कार्यान्वयन सँगसँगै दोस्रो कार्याकालको लागि स्थानीय तह सदस्य निर्वाचन २०७९ सम्पन्न भएर देशभर स्थानीय सरकारहरु गठन भई कार्य सम्पादन हुन थालीसकेको छ । यसै सन्दर्भमा देशभरको माहोल हेर्दा राजनीतिक दलबाट बिजयी उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका व्यक्तिहरुको चर्चा परिचर्चाले व्यापक स्थान पाएको छ ।
चर्चा नहोस् पनि कसरी ? देश कै मुटु रहेको राजधानीमा स्वतन्त्र उम्मेदवार बालेन शाहको क्रेज त्यस्तै धरान, धनगढी, जनकपुर लगायतका स्थानमा स्वतन्त्र उम्मेदवारले बाजी मार्दा देशको कुना–कुनाबाट एउटै आवाज आउन थालेको छ । त्यो जनताले विकल्प रोज्ने मौका पाए । यसो भनिरहँदा राजनीतिक दलबाट जितेका व्यक्ति र स्वतन्त्र व्यक्ति मध्येको कति सफल रहला भन्ने प्रश्न पनि जनमानसमा उब्जिरहेको छ ।

यही सन्दर्भमा काठमाडौंका मेयर बालेन साहले केही नीतिगत सुधारका एजेण्डा र कार्यक्रम ल्याएको देखिन्छ । जनताको अभिमतबाट निर्वाचित संस्थाको बैठक, कार्यक्रम पारदर्शी हुनुपर्छ भन्ने मान्यताका साथ कार्यपालिका बैठकको लाइभ प्रशारण, काठमाडौंको फोहोर व्यवस्थापनमा चालेका कदम र स्वतन्त्र व्यक्ति भएर पनि राजनीतिक दलका शीर्ष नेतृत्व र अन्य सरोकारवाला पक्षसँगको नियमित समन्वय तथा परामर्शलाई सकारात्मक सूचकका रुपमा लिन सकिन्छ ।

त्यसमध्ये काठमाडौँको सबैभन्दा ठूलो र पुरानो समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन गर्न मेयर साहले केही हदसम्म प्रयास गरेको देखिन्छ । आज मात्र फोहोरलाई कुहिने÷नकुहिने तथा पुनः प्रयोग गर्न सकिने गरी घर घरबाट फोहोर छुट्याएर मात्र महानगरको फोहोर व्यवस्थापन टिमलाई दिने अन्यथा फोहोर सर्टिङ नगरी जथाभावी चोक, गल्ली र बाटोमा फोहोर फालेमा उचित नियम बनाई कारवाहीसम्म गरिने मेयर साहको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रियाको ओइरो लागेको देखिन्छ । यस अर्थमा हेर्दा जनताले परीक्षण गरेका पात्र सफलतातर्फ उन्मुख हो की भन्न सकिने ठाउँ देखिन्छ । नयाँ अनुहार, संलग्नता र उपस्थिति खोजिरहेको अहिलेको अवस्थामा उदाएका बालेन शाहको चर्चा शहर, बजार, गल्ली र चोक चोकमा छ ।

राष्ट्रले परिवर्तन मागेको बेला त्यो परिपूर्ति गर्न युवा पुस्ता पनि राजनीतिमा होमिनुपर्ने अवस्था आएको बेला विकास गर्छु भनी बालेन शाह अगी सर्नु एकदम साहसिक कार्य हो । विगतका चुनावका छनोटको परिणामहरु प्रायः आमजनताका लागि निराशाजनक नै रहेको छ । सुन्दर सफा हुनुपर्ने काठमाडौं शहर आज फोहोरको डङ्गुरमा परिणत भएको छ ।

महानगरले शौचालय व्यवस्थापन सम्बन्धी नीति–नियम निर्माण गर्ने हो भने नेपालमा सार्वजनिक शौचालयको व्यवस्थापनमा देखिएको समस्या हल हुँदै जाने र निजी लगानीकर्ताहरू पनि आकर्षित हुने वातावरण बन्नेछ । यसका साथै सार्वजनिक शौचालय प्रयोगकर्ताहरूले पनि जथाभावी रूपमा शौचालयको प्रयोग नगर्ने र आफूले पाएको सेवा–सुविधाको उचित प्रयोग गर्ने हो भने पनि सार्वजनिक शौचालय व्यवस्थित हुन सक्ने छ ।

महानगरले फोहोरमैला समाधानको सबैभन्दा उत्तम उपाय भनेको फोहोरमैला व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता राखी सो सम्बन्धी दीर्घकालीन योजना बनाई काम गर्नुपर्ने, महानगरपालिकाले आफ्नो संगठन तालिकामा फोहोरमैला व्यवस्थापन शाखाको स्थापना गरी फोहोरमैला व्यवस्थापन सम्बन्धी दक्ष जनशक्ति तयार गर्नका लागि कर्मचारी आवश्यक तालिम उपलब्ध गराउनुपर्ने, फोहोरमैला व्यवस्थापनको तथ्याङ्कलाई वैज्ञानिक ढङ्गले अध्यावधिक गरिराख्ने, फोहोरमैला व्यवस्थापनका लागि पूर्वाधारको विकास गर्ने, फोहोरमैला व्यवस्थापनमा नगरपालिकाहरूले समन्वय गरी छाता अवधारणको विकास गर्ने, नगरबासीहरूलाई फोहोरमैला व्यवस्थापनको मुख्य पक्ष लगायतका कार्यको जनचेतना अभिवृद्धि गरी सो व्यवस्थापनमा सहभागी गराउने, फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई आकर्षित गर्न नगरपालिकाहरूले विशेष कार्य योजना बनाई अगाडि ल्याउन आवश्यक छ ।

न्यूनतम् पूर्वाधारको अभाव र चरम अव्यवस्था छ । यस्तो अवस्थामा राजधानी शहरको बागडोर सम्हाल्न एक काबिल युवाको हैसियतले जनताको आशाको केन्द्र बनेका बालेन आफमा इञ्जिनियर भएको हँुदा काठमाडौं सहरको गुमेको गौरव फर्काउन सकिने तपाईंको आत्मविश्वासको सबैले कदर गरेका छन् ।

काठमाडौंमा मेयर बन्ने आकांक्षीहरूको जमातमा सम्भवतः बालेनको जति चर्चा, चासो र ‘भाइरल’ अरू कोही भएको छैन होला । आम तप्कादेखि उच्च तहसम्म देखिएको बालेनको क्रेज र वाहवाही साँच्चै लोभलाग्दो छ । असल नेता नभएसम्म देश सुध्रदैन भन्ने बालेनको विचार जति मन पराइयो त्यति नै बालेनको काठमाडौंको संस्कार, संस्कृति र सम्पदामाथि राखेको विचारले सबैको मन जितेको छ । तर, ‘¥यापर बालेन’को पक्षमा देखिएको आकर्षणले एकातिर काठमाडौंको रैथाने संरचनामा आएको परिवर्तनको संकेत दिन्छ भने अर्कातिर राजनीतिक दलहरूप्रति आमजनताको आकर्षणमा आएको ह्रासलाई पनि संकेत गर्छ ।

बालेन साहहरुले यति मौका र वाहवाही पाइरहँदा अबको जनताको रोजाईमा प्रमुख राजनीतिक दलहरु नभई स्वतन्त्ररुपमा जनताको मन मष्तिस्कमा बस्ने उम्मेदवार पर्ने निश्चित देखिन्छ । यसर्थ, यदि अझै जनभावना बुझेनौ भने दलीय गुट, सेन्डिकेट र घेराभन्दा माथि उठेर आफूलाई परिस्कृत गरेनौ भने हरेक ठाउँ बालेनहरु जन्मनेछन् जनताले ‘लौरो’ रोज्नेछन् जनताले विद्रोह खोज्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here