भगवती सहकारीमा आगलागी कि आगजनी !

३१ जेष्ठ २०७९, मंगलवार मा प्रकाशित

झापा ।

झापाको कनकाई–३ स्थित भगवती बचत तथा ऋण सहकारी संस्थामा आगजनी भएको छ । जेठ ३० गते राति सहकारीको भवनमा आगजनी भएको सहकारीका कार्यवाहक अध्यक्ष दिनेशकुमार उप्रेतीले जानकारी दिए ।

सहकारीभित्र पसेको समूहले मूलगेट, सीसीटीभी फुटेज लगायतमा लगाइएका ताला तोडी क्षति गरेको हो । सो समूहले सहकारीको आर्थिक कारोवार हुने कक्षको ताला तोड्न असफल भएपछि माथिल्लो तलामा गई आगजनी गरेको हुनसक्ने बताइएको छ ।

समूहले सहकारीको आर्थिक कक्षको समेत सबै ताला बिगारिदिएको सहकारीका पदाधिकारीहरुको भनाइ छ । सहकारीको आफ्नै भवनमा अन्य व्यापारिक पसलहरु रहेको भए पनि सो लुटेरा समूहले सहकारीलाई लक्षित गरी चोरी प्रयास र आगजनी गरेको बताइएको छ ।

नगद चोरी हुन नपाए पनि आगजनीबाट सहकारीको तेस्रो तला जलेर क्षति भएको छ । कार्यालयका कागजात समेत जलेर नष्ट भएका छन् । सहकारीमा लागेको आगो नेपाल प्रहरी, स्थानीय नागरिक र बिर्तामोड, मेचीनगर र भद्रपुर नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीका कारण दश लाख रुपैयाँ बरावरको क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यता सहकारीले सूचना जारी गर्दै जेठ ३१ गतेबाट सहकारीको कारोवार नियमित हुने जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here