कोभिड–१९ का कारण बन्द भएको इन्द्रपुरी २८ महिनापछि सञ्चालनमा

१६ असार २०७९, बिहीबार मा प्रकाशित

अर्जुनधारा ।

सेवा शुरु गरेको पाँच महिनामा नै कोभिड–१९का कारण बन्द भएको झापाको अर्जुनधारा–७स्थित इन्द्रपुरी गार्डेन होटल एण्ड लज पुनः सञ्चालनमा आएको छ ।

नगरपालिका भित्र रहेका विभिन्न पर्यटकीय क्षेत्रहरुको प्रबद्र्धनसँगै नगरमा घुम्न आउने आन्तरिक तथा बाह््य पर्यटकहरुलाई लक्षित गरि २०७६ कात्तिकदेखि सेवा सुरु गरेको उक्त होटल २८ महिनापछी सञ्चालनमा आएको हो ।

प्रारम्भिक लगानी ५० लाख रुपैयाँको लागतमा व्यवसायी इन्दिवर खड्काले सञ्चालन गरेको होटलमा सेवाग्राहीको लागि थप सुविधासहित सञ्चालनमा ल्याइएको पत्रकार भेटघाटमा सञ्चालक खड्काले बताए ।

हन्डीमा पकाएको चिकन र मटनलाई विशेष परिकार बनाउने लक्ष्य लिएको होटलले सेवाग्राहीको इच्छा अनुसार सस्तो मूल्यमा सबै प्रकारका खानेकुराहरु उपलब्ध गराउने सञ्चालक खड्काले जानकारी दिए ।

त्यसैगरी सञ्चालक खड्काको दावी अनुसार पूर्वमा पहिलोपटक सेवाग्राहीका लागि आर्चरी(धनुकाँड) खेल सञ्चालन गरिएको उक्त होटल परिसरमा आगामी दिनमा मिनी फुटबल, क्रिकेट नेट अभ्यासलगायत खेलकुदका गतिविधिहरु पनि सञ्चालनमा ल्याइने बताइएको छ ।

चार विघा क्षेत्रफल रहेको होटलमा एउटा एसी कोठासहित जम्मा छ वटा कोठा, ६० जना क्षमताको सभाहल, बैठक कक्ष, चार वटा कटेज, बगैंचा आदि रहेको सञ्चालक खड्काले जानकारी दिए ।

होटलले ‘महत्वपूर्ण व्यक्ति’ कार्यक्रममार्फत् निश्चित शुल्क लिई सदस्यता विस्तार गर्ने, आन्तरिक पर्यटकहरुको लागि प्रति व्यक्ति पाँच सय रुपैयाँ शुल्क लिई खानासहित एक रातको बासलगायतका सुविधा पनि सुरु गरेको सञ्चालक खड्काले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here