विर्तामोड,कातिक २२ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् विर्तामोडले संगठन विस्तार जारी राखेको छ ।
यसै क्रममा आज ५ नम्बर वडा समिति गठन गरिएको छ । कृष्णमाया चौधरीको अध्यक्षतामा गठित वडा समितिको उपाध्यक्षमा विरवहादुर राई,सचिव अर्जुन खवास,सहसचिव स्मिता मेचे र कोषाध्यक्षमा पुनम तामाङ रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा टेकवहादुर चोङवाङ, शान्ति शेर्मा, कमला खवास, नविन मेचे, चन्द्रवहादुर गुरुङ, सरस्वती गुरुङ, पदमवहादुर तामाङ, नारायण चौधरी, अर्जुन धिमाल, रेसु धिमाल, भुपेन्द्र श्रेष्ठ, योगमाया राई, वालु बेस्रा र भोला सोरेन चयन हुनुभएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाका अध्यक्ष प्रेम राज घिसिङको प्रमुख आतिथ्य एवं महासंघ नगर समन्वय परिषदका अध्यक्ष पदम वहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी रामकुमार कन्द्ङवा,नेवाः पासा मुना पुचःका सचिव गणेश शाक्य,किरात राइ यायोक्खाका जगतकुमार राई,किरात याक्थुङ चुम्लुङका नगर अध्यक्ष ईन्द्र देव केरुङ,तमु ≈यूल छोंज धींका डि. के. गुरुङ लगायतले मन्तव्य राखेको कार्यक्रम संचालक विरेन मेचेले जानकारी दिनुभएको छ ।