धागो निर्यातमा नयाँ रेकर्ड , मुख्य बजार भारत र टर्की

0
470

काठमाडौं । नेपालले धागो निर्यातमा नयाँ रेकर्ड कायम गरेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामै हालसम्मकै बढी निर्यात गरी कीर्तिमानी कायम गरेको हो ।

नेपालले चालु आर्थिक वर्षको ११ महिनामा ११ अर्ब ५६ करोड ४६ लाख ६१ हजार रुपैयाँ बराबरको ३ करोड ७३ लाख ४१ हजार ६४५ केजी विभिन्न प्रकारका धागो निर्यात गरेको भन्सार विभागको तथ्याङ्क छ ।

नेपालले हालसम्म उक्त रकम बराबरको धागो एक आर्थिक वर्षमासमेत निर्यात गर्न सकेको थिएन । तर, यो वर्ष हालसम्मकै उच्च निर्यात गरी नयाँ रेकर्ड कायम गरेको सरोकारवालाहरू बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here