तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मोत्सव दोश्रो दिन हिजो पनि मनाइएको छ । शनिबार विशेष रुपमा अमेरिकी, युरोपेली युनियन र जापानी दूतावासका वरिष्ठ अधिकारीहरुको उपस्थिति र हजारौं शरणार्थीको सहभागितामा मनाइएको जन्मोत्सव आइतबार पनि मनाइएको छ ।
लामाको ८७ औं जन्मोत्सवको अवसरमा आइतबार दोस्रो दिन उक्त शरणार्थी क्याम्पका म्यानेजर टासी छेतेनको नेतृत्वमा दुई हजार जनाको उपस्थितिमा मनाइएको बताइएको छ । आइतबार दिनभर झण्डै आठ घण्टा मनाइएको जन्मोत्सवमा विशेष पूजापाठ तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।
शरणार्थीहरुले कार्यक्रममा आफ्नो कला,संस्कृति र भेषभुषा प्रदर्शन गरिएको हो ।
शरणार्थीहरुले कार्यक्रममा आफ्नो कला,संस्कृति र भेषभुषा प्रदर्शन गरिएको सहभागी एक जनाले बताए ।






























