रकम अभावमा बधशालाको निर्माण कार्य रोकियो

0
437

मोरङ,कात्तिक २७ । मोरङको विराटनगर उपमहानगरपालिकाले निर्माण सुरु गरेको पशु बधशालाको निर्माण कार्य रोकिँदा भएको संरचना पनि भत्कन थालेका छन् ।

निर्माणलाई निरन्तरता दिन रकम अभाव भएकाले निर्माण कार्य रोकिएको विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले बताए । निर्माण कार्य रोकिँदा निर्माण भइसकेका संरचना पनि भत्कन थालेका छन् ।

आर्थिक वर्ष २०६५÷०६६ मा सरकारबाट बजेट निकासा भएपछि विराटनगर उपमहानगरपालिका– ११ स्थित हाटखोलामा बधशाला निर्माण कार्य सुरु गरेको थियो । बधशाला निर्माणमा उपमहानगरपालिकाको समेत १८ लाख रुपैंया खर्च भइसकेको छ ।

उपमहानगरपालिकाको पशुपक्षी महाशाखाका प्रमुख हीरालाल यादवले त्यसबेला सरकारले बजेट छुट्याएकाले काम सुरु गरेको तर हाल रकम अभाव भएको बताए । विराटनगर उपमहानगरपालिकामा दर्ता तथा अनुमति लिएका १६० वटा मासु पसल सञ्चालित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here