आगामी जेठ भित्रै पक्की पुल निर्माण हुने

0
346

imagesg

सुनसरी, कात्तिक २७ । सुनसरीको चतरा र उदयपुरको मैनामैनीस्थित सप्तकोसी नदीमा निर्माणाधीन पक्की पुल २०७२ साल जेठ महिनाभित्रै सम्पन्न हुने भएको छ ।

एशियाली विकास बैंकको आर्थिक सहयोग र केयिसिसि कोरियाको प्राविधिक सहयोगमा ७९ करोड लागतमा सो पुल निर्माण भइरहेको छ । पूर्व र पश्चिम मेन स्पान, जंम्प स्पानको काम पुरा भएको र स्टिल ट्रस्ट निर्माण भई सकेको प्रोजेक्ट म्यानेजर छत्र अर्यालले जानकारी दिए ।

२०११ नोभेम्बर १४ मा सम्झौता भई २०१२ जुलाईदेखि निर्माण कार्य शुरु भएको पुलको सिटिसिई र कालिका जेबि बलुवाटारले जिम्मा पाएको छ । २ सय ३ मिटर लम्बाई र १० मिटर चौडाई रहने पुल निर्माणपछि सुनसरी, सिन्धुली, उदयपुर, मकवानपुर लगायतका जिल्लाका वासिन्दा लाभान्वित हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here