बिर्तामोड, कात्तिक ३० । झापाको बिर्तामोडमा रहेको एक बैंकबाट दिन दहाडैं एक ब्यक्ति नाटकीय ढंगले लुटिएका छन् । एभरेष्ट बैंक लिमिटेड बिर्तामोड शाखाको सटही काउन्टरमा रकम जम्मा गर्न भौचर भर्दै गर्दा झापा बिर्तामोड निवासी सत्यनारायण.राजवंशी लुटिएका हुन् । राजवंशी बिर्तामोड स्थित भरत पाठकले सञ्चालन गरेको कञ्चनजंघा स्टोरको दुई लाख दुई हजार १५ रुपैयाँ लिएर विश्वनाथ टे«ड प्रा.लि. काठमाडौंका लागि रकम जम्म गर्न बैंक पुगेका थिए । तर, वैंक परिसर भित्रै रहेका दुई जनाले राजवंशीले भौचर भरिरहेको समयमा एकलाख रुपैयाँ लुटेर लागेका छन् । उनीहरुले राजवंशीले भौचर भरिरहेको समयमा १५ रुपैंया रकम झारेर तपाइको पैसा खसेछ भन्दै झुक्याएर रकम लिएर फरार भएका थिए ।
बैंकमा दुई जना सुरक्षा गाड भएपनि ती दुई व्यक्तिले वैंक भित्रैवाट रकम लिएर फरर हुँदा सुरक्षा गाड वेखवर छन् । एकाएक रकम हराएपछि राजवंशीले कञ्चनजंघा स्टोरमा खवर गरेपछि घटना सार्बजनिक भएको थियो । घटना सार्वजनिक भएलगत्तै कञ्चनजंघा स्टोरका सञ्चालकले बैंक प्रशासनमा अएर घटनाको बारेमा जानकारी गराए । तर, बैंक प्रशासनले सार्बजनिक स्थानमा भएको घटनाको आफू जवाफदेही नहुँने बताएपछि झापा उद्योग वाणिज्य संघ बिर्तामोडलाई जानकारी दिए । खवर थाहा पाउन साथ संघका अध्यक्ष बलराम कार्की र उपाध्यक्ष कुमार भट्टराईको नेतृत्वमा पुगेको टोलीलाई बैंकका मेनेजर रधुनाथ प्रधानले बैंकको कमजोर सुरक्षा ब्यवस्थाको फाइदा उठाउँदै रकम चोरी भएको स्वीकार्नुको सट्टा सडकमा भएको दुर्घटनाको सबै जिम्मा राज्यले लिदैन भन्ने उदाहरण दिदैं भन्दै पन्छिए । बंैकको सीसी क्यामेराले खिचेको तस्वीर हेर्न माग्दासमेत उक्त तस्वीर देखाउन अनकनाएका मेनेजर प्रधानले लामो समयसम्म पीडित र संघका पदाधिकारीसंगको वादविवाद भएपछि मात्र सो तस्वीर देखाएका थिए । सीसी क्यामेरामा कैद गरिएको दृष्यमा प्रष्ट रुपमा रकम कमजोर सुरक्षा व्यवस्थाको फाइदा उठाउदै नियोजित ढंगले नाटकीय रुपमा लुटिएको देखिएपनि बैंक प्रशासन बेखवर रहेको पाइएको छ ।