शिवाकोटी समाजद्वारा कालीनाग पूजा

0
586

झापा, शिवाकोटी समाज नेपाल झापाले कालीनाग मन्दिर, कालीमुडा,दुर्गापुर लगायतका स्थानमा नाग पञ्चमीको अवसरमा विधिवत कार्यक्रमका साथ कालीनागको पूजा अर्चना गरेको छ ।
कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष तथा बिर्तामोड नगरका निर्वतमान मेयर ध्रुबकुमार शिवाकोटी, केन्द्रिय सदस्य भानुप्रसाद शिवाकोटी, पूर्वाञ्चल क्षेत्रीय सल्लाहकार हरिचरण शिवाकोटी, मोहन शिवाकोटी, दुर्गा प्रसाद शिवाकोटी लगाएतले नाग पूजाको महत्वका वारेमा प्रकाश पारेको शान्त कुमार शिवाकोटीले बताए ।

कार्यक्रम जिल्ला सचिव भूपाल शिवाकोटीले सञ्चालन तथा अध्यक्षता जिल्ला उपाधयक्ष दुर्गाप्रसाद शिवाकोटीले गरेका थिए । कार्यक्रममा पूजा अर्चना सकिए पछि प्रसाद वितरण र नाच,भजन, कीर्तन गरिए थियो। त्यसैगरी अर्जुनधारा जलेश्वरधाममा रहेको कालीनाग मन्दिर परिसरमा पनि शिवाकोटी समाज नेपाल झापा क्षेत्र नं ४ को आयोजनामा सामुहिक रूपमा नाग देवताको पूजा अर्चना गरिएको को क्षेत्रीय अध्यक्ष छविलाल शिवाकोटीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here