डा. सुदीप भट्टराईको ‘लन्डन पेरिस’ मा केकी र कमलको रोमान्स

१८ श्रावण २०७९, बुधबार मा प्रकाशित

बिर्तामोड ।

झापाको बिर्तामोड स्थित बिर्ता सिटी हस्पिटलमा कार्यरत डाक्टर सुदीप भट्टराई बिरामीको उपचारमा मात्र सिमित छैनन् उनी संगीत क्षेत्रमा पनि अब्बल रुपमा उदायका छन् ।

बिरामीको उपचारसंगै गित संगीत क्षेत्रमा लागेका डा. भट्टराईले भर्खरै मात्र नयाँ गीत ‘लन्डन पेरिस’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । सुदीपकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा केकी अधिकारी र कमल सिंहको अभिनय छ ।

प्रेमकथामा देखाउन खोजिएका भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । उत्तम हुमागाईँको छाँयाकंन र विकास धमलाको सम्पादन रहेको भिडियो गायक सुदीपकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here