चिनियाँ अर्थतन्त्रमा धक्का: आर्थिक मन्दीसँगै बैंकिङ क्षेत्रमा संकट

0
311

काठमाडौं ।

चीनको बैंकिङ नियामकले बुधबार साना ऋणदाताहरू बीचको आपराधिक गतिविधिलाई रोक्ने प्रतिबद्धता गरेको छ ।

ग्रामीण बैंक संकटलाई सम्बोधन गर्नका लागि भनिएकाे याे नयाँ प्रतिबद्धताले विरोध सिर्जना गरेको छ भने यसले पार्टीको २० औं महाधिवेशनअघि वित्तीय स्थिरताको विषयमा चिन्ता बढाएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको झन्डै एक तिहाइ बैंकिङ हिस्सा साना र मझौला आकारका बैंकहरूले ओगटेका छन् । तर, चाइना बैंकिङ एण्ड इन्स्योरेन्स रेगुलेटरी कमिसन (सीबीआईआरसी) का अनुसार समयसँगै यसले ठूलो जोखिम पनि खडा गरेको छ ।

समस्या समाधान गर्ने प्रयास स्वरुप आयोगले शेयरधारकहरू र साना बैंकहरूबाट पैसा ठगी गर्ने कार्यकारीहरूमा ध्यान केन्द्रित गर्दै इक्विटी र जोडिएको लेनदेनमा नियामक क्ल्याम्प डाउन गर्न थालेको सीबीआईआरसीका प्रवक्ता क्यू जियांगले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here