चीनमा सुक्खा र गर्मीले जनजीवन प्रभावित, कृत्रिम बादलबाट वर्षा गराउने प्रयास

0
367

एजेन्सी ।

चीनमा सुक्खा र गर्मीले जनजीवन प्रभावित भएको छ । ठूलो खडेरी र हावामा तातो लहरका बीच मध्य र दक्षिणपश्चिम चीनका केही भागमा पानी पार्न प्रयास गरिएको छ ।

लाधार क्षेत्रमा खडेरी पर्दा महत्त्वपूर्ण नदी याङ्त्जे सुकेको छ । याङ्त्जे नदीमा पानीको बहाव बढाउन प्रयास थालिएको हो । त्यहाँ कृत्रिम बादलबाट पानी पार्ने गरी काम भइरहेको चिनियाँ अधिकारीले जनाएका छन्।

मध्य चीनको हुवेई प्रान्तले पानी पार्नकै लागि कृत्रिम अर्थात ‘सिल्भर आयोडिन रड’ हरू प्रयोग गरेर बादल उत्पन्न गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।

हुवेई प्रान्तका झण्डै ४२ लाख नागरिक दुई महिनादेखि खडेरीबाट प्रभावित भएका छन् । नेशनल क्लाइमेट सेन्टरले दुई महिना लामो तातो लहर रेकर्ड गरेको छ ।

चीनको जलस्रोत मन्त्रालयले याङ्त्जे नदीको जलाधार क्षेत्रमा परेको खडेरीले गाउँका नागरिक र पशु चौपायालाई पानी तथा बालीमा आवश्यक सिँचाइमा प्रतिकूल असर पारेको जनाएको छ ।

त्यहाँका १ लाख ५० हजारभन्दा धेरै मानिसले खानेपानीको पहुँचमा कठिनाइ भोग्नुपरेको छ भने चार लाख हेक्टरको बाली सुक्खा भएकै कारण नष्ट भएको तथ्याङ्कमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here