नेपाल महिला संघको तिज विषेश कार्यक्रम सम्पन्न

६ भाद्र २०७९, सोमबार मा प्रकाशित

उमानाथ भण्डारी, कमल ।

नेपाल महिला संघ वडा कार्य समितिले एक कार्यक्रमका बीच तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ ।

कमल गाउाँपलिका वडा नम्वर ३ स्थित सिंहदेबी सामुदायीक भवनको सभाहलमा सम्पन्न तिज विषेश कार्यक्रममा नेपालिका काग्रेसका वडा , गाउँ ,क्षेत्र , जिल्ला र केन्द्रियतह सम्मका नेताको उपस्थितीमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको आयोकले जनाएको छ ।

तिज विशेष कार्यक्रमको उद्घाटन झापा क्षेत्र नम्वर ५ संघिय सांसद महेन्द्र कुमारी लिम्बुले गर्नु भएको थियो । कार्यक्रमको  उद्घाटन पछि शुभकामना मन्तव्यका क्रममा कोभिड १९ का कारण २ वर्ष देखी मनाउन नपाएको तिज विषेश कार्यक्रम यो पटक भव्य र उल्लासमय वातावणरमा पर्व मनाउने अवसर प्राप्त भएको छ । वर्ष दिनमा एक पटक भेला भएर महिलाहरुले आफ्ना दुःख सुख र भावना साटासाट गर्ने रुपमा पनि तिज पर्वलाई लिईने गरिको लिम्वुले बताउनु भयो ।

हिन्दु नारिहरुको महान पर्वका रुपमा मनाईदै आएको तिज पर्वमा विषेश गरेर अविवाहित महिला हरुले राम्रो पति पाउनका लागि र विवाहित महिलाले पतिको दिर्घायुका लागि कामना गर्ने पर्वको रुपमा तिजलाई मनाउने गरिन्छ । तर पछिल्लो समयमा पर्व मनाउने वहानामा विकृती पनि बढ्दै गईरहेकोले त्यसलाई न्युनिकरण गर्नु पर्ने कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले बताउनुभयो ।

कार्यक्रममा जिल्ला सदस्य सरस्वती सेडाई, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, प्याव्सन झापा अध्यक्ष गौरिमान फागो, कमल नगर जेसीज वर्ष २१ का अध्यक्ष छत्रपति खनाल, खगेन भण्डारी, पुर्व सासद विश्वदिप लिङ्गेन, उध्द्यमशिल महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहाल लगायतको उपस्थिती रहेको थियो ।

नेपाल महिला संघ वडा समिती सभापति रीता खतिवडा बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षत्रीय सदस्य कमला दाहालले स्वगत मन्तव्य राख्नु भएको थियो भने रन्जु श्रेष्ठ र संगिता वरालले सन्चालन गर्नु भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here