भारतीय प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनसँग बैठक गर्ने

३० भाद्र २०७९, बिहीबार मा प्रकाशित

काठमाण्डौं । 

चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार कोरोना संक्रमणपछिको पहिलो विदेश भ्रमण गर्ने तयारी भएको छ ।

उजवेकिस्तानमा बिहिबारदेखि सुरु हुने सांघाई कोअपरेसन फोरमको शिखर सम्मेलनमा सहभागी हुने क्रममा राष्ट्रपति सी त्यस क्षेत्रका देशहरुको भ्रमणमा निस्कन लाग्नु भएको हो । राष्ट्रपति सी बुधबार काजकस्तान पुग्नु हुने भएकाे छ । सि ले बिहिबार उजवेकिस्तान जाने कार्यक्रम रहेकाे हो । साेही सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पर्यवेक्षकका रुपमा सहभागी हुनुहुने भएकाे छ ।

प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनसँग समेत बैठक गर्ने कार्यक्रम तय भएकाे जनाइएकाे छ ।साेही शिखर सम्मेलनका क्रममा सी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचमा समेत महत्वपूर्ण बैठक हुने जनाइएकाे छ । गत फेब्रुअरीमा युक्रेनमाथि रुसी हमला हुनुअघि ओलम्पिक महोत्सवको उद्घाटनका दिन अचानक बेइजिङ पुगेर पुटिनले सीसँग भेटवार्ता गर्नुभएको थियो ।

युक्रेनमाथि रुसको हमला र त्यसपछिको समयमा विश्वमा धेरै नै उथलपुथलकारी घटनाहरु भएकाले सी र पुटिनबीचको भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । साङहाइ कोअपरेन फोरम युरोएशियाली देशहरुबीच राजनीतिक, आर्थिक र सुरक्षा सम्बन्ध मजबुत बनाउने उदेश्यले चीनले सुरु गरेको संगठन हो ।

जसमा चीन, रुस, काजकास्तान, किर्गिस्तान, ताजकस्तान र उजवेकिस्तान सदस्य रहेका छन् । इरान पनि त्यसमा सहभागी हुने तयारीमा रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here