दमकल सञ्चालन गर्न सम्झौता

१३ मंसिर २०७९, मंगलवार मा प्रकाशित

सर्लाही,

सर्लाहीको हरिवन नगरपालिकाको दमकल सञ्चालन गर्न बागमती र ईश्वरपुर नगरपालिका पनि साझेदार बनेका छन् ।

दमकल सञ्चालनमा बागमती र ईश्वरपुर नगरपालिकाले वार्षिक तीनतीन लाख व्यहोर्ने सहमती गरी तीन नगरपालिकाबीच दमकल सञ्चालनको सम्झौता भएको हो ।

आवश्यक परेको बखत परिचालन गर्ने गरी तीनवटै नगरपालिकाबीच सम्झौता भएको हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कलम)ले जानकारी दिनुभयो ।

नगरपालिकाको कुनै पनि क्षेत्रमा आगलागीजन्य घटना भएमा अविलम्ब उक्त क्षेत्रमा वारुणयन्त्र पु¥याई आगलागी नियन्त्रण कार्यमा सहयोग पु¥याउने लगायतका विषयहरु सम्झौतापत्रमा समेटिएको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार आचार्यले बताउनुभयो ।

अब दमकल सञ्चालन गर्न सहज हुने हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here