ट्रकको ठक्करबाट सहचालकको मृत्यु

0
254

तेह्रथुम।

तेह्रथुमको म्याङ्लुङ नगरपालिका-७ स्थितमा ट्रकको ठक्करबाट सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताप्ली गाउँपालिका-४ उदयपुरका २५ बर्षीय दिपक राउत रहेका छन् । प्रदेश नम्बर १-००२-००२ ख ८४५१ नम्बरको ट्रकबाट किराना पसलको सामान झार्ने क्रममा सह-चालक राउतलाई ट्रकको पछाडिको भागले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट घाईते भएका राउतको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न ट्रक र चालक खगेन्द्र कोइरालालाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here