अग्रसेन भवनमा ‘वीन्टर कार्निभल–२०२२’ हुने

0
379

अर्जुनधारा,
मारवाडी महिला मञ्च र मारवाडी युवती मञ्च बिर्तामोडको संयुक्त आयोजनामा यही पुस ९ गते झापाको बिर्तामोडमा एक दिने रमाइलो मेला हुने भएको छ ।

‘वीन्टर कार्निभल–२०२२’ नामकरण गरिएको उक्त मेला बिर्तामोडस्थित अग्रसेन भवनको प्राङ्गणमा सञ्चालन हुने बुधबार आयोजित पत्रकार भेटघाटमा बताइएको हो ।

प्रति व्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको उक्त मेलामा विभिन्न नृत्य तथा संगीतको प्रस्तुतीसँगै खेलकुद स्टल, खाना स्टल, सेल्फी पोइन्टलगायत रहने मारवाडी महिला मञ्चकी अध्यक्ष निलम अग्रवालले जानकारी दिइन् ।

दुई हजार बढी आगन्तुकहरुको सहभागीता रहने लक्ष्य लिइएको उक्त मेला सम्पन्न गर्न अनुमानित दुई लाख रुपैयाँ खर्च लाग्ने मारवाडी युवती मञ्चकी संयोजक रीचा अग्रवालले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here