रहेनन् महान फुटबल खेलाडी पेले

0
454

काठमाण्डौं ।

ब्राजिलका महान फुटबलर पेलेको निधन भएको छ। ८२ वर्षीय पेले केही समय यता मिर्गौला र प्रोस्टेटको उपचार गराइरहेका थिए।

अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उनको परिवार र आफन्तले जनाएको बीबीसीले उल्लेख गरेको छ ।ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ। लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ।

पेले प्रेरित ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो। पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गर्नुभएको छ।

उनले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गरेका छन्। फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here