युक्रेनलाई हतियार आपूर्ति गर्ने पाकिस्तानको योजना

0
254

काठमाण्डौं ।

पाकिस्तानले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई हतियार आपूर्ति गर्ने योजना बनाइरहेको खुलेको छ ।

भारतीय आर्थिक अनलाइन इकोनोमिक टाइम्सले जनाएअनुसार पाकिस्तानले युक्रेनसँग सीमा जोडिएको पूर्वी युरोपेली मुलुकमार्फत् हतियारको आपूर्ति गर्ने योजना बनाएको हो ।

पाकिस्तानले उक्त पूर्वी युरोपेली मुलुकमार्फत् युक्रेनलाई गोलीगठ्ठा, तोपखाना प्रणाली, रकेट लन्चर आपूर्ति गर्ने तयारीमा रहेको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

पाकिस्तानको कराँची बन्दरगाहबाट उक्त पूर्वी युरोपेली मुलुकतर्फ हातहतियारको निकासी गर्ने तयारी छ । पाकिस्तानले यसै वर्षको सुरुमा बेलायतका तर्फबाट युक्रेनलाई हतियार निकासी गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । यो समाचार खबरहब अनलाइन बाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here