बेलबारीमा औद्योगिक ग्राम पूर्व सम्भाव्यता अध्ययन तथा जग्गा ब्यवस्थापन समिति गठन : संयोजकमा थापा

0
194

पथरीशनिश्चरे,

बेलबारीका सामाजिक ब्यक्तित्व प्रतापकुमार थापाको संयोजकत्वमा औद्योगिक ग्राम पूर्व सम्भाव्यता अध्यायन तथा जग्गा ब्यवस्थापन समिति गठन भएको छ ।

बेलबारी नगरपालिकामा बसेको बैठकले औद्योगिक ग्राम स्थापना भएका पालिकाहरुसँग समन्वय गरी अध्यायन गर्ने, बेलबारीका सबै वडाहरुमा ग्राम निर्माणका लागि कम्तिमा ७ बिगाह जग्गा खोजी गर्ने र सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको हो।

समितिको सहसंयोजकमा देशीलाल मण्डल रहेका छन् भने सदस्यहरुमा क्रमश: गणेशकुमार दाहाल,दिलकुमारी राई,विश्वबन्धु बस्नेत,धर्मप्रसाद जमरकटटेल,भुपाल बस्नेत,केशव थापामगर रहेका छन्।

उक्त समितिको सदस्य सचिवमा भुमि ब्यवस्थापन तथा भवन नियमन शाखा बेलबारी नगरपालिकाका प्रमुख रहने संयोजक थापाले जानकारी दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here