गौरादहमा स्कूल बसको ठक्करबाट बृद्धाको मृत्यु

२९ पुष २०७९, शुक्रबार मा प्रकाशित

झापा।

झापाको गौरादह नगरपालिका वडा न.१ जनता माबि अगाडी बोर्डिङ स्कूलको ठक्करबाट गम्भिर घाईते भएकी एक बृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।

बिहिबार दिउँसो भित्री बाटोमा दक्षिणबाट उतर तर्फ जादैं गरेको मे.१ ख २६७६ नम्बरको माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको बसले पैदलयात्री सोही ठाउँकी ७२ बर्षिया तुलसा दाहाललाई ठक्कर दिएको थियो ।

उनको उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा राती सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here