पोखरा जहाज दुर्घटनाले भारतका प्रधानमन्त्री, विदेशमन्त्री र यूपीका मुख्यमन्त्री स्तब्ध, नेपालीको शोकमा सँगै उभिए

0
119

काठमाडौं ।

पाेखरामा सबै यात्रु र चालक दलका सदस्यकाे ज्यान जानेगरी भएकाे यति एयरकाे जहाज दुर्घटनाप्रति भारतका प्रधानमन्त्री, विदेशमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्रीले दुख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र माेदी, विदेशमन्त्री एस जयशंकर र मुख्यमन्त्री याेगी आदित्यनाथले ट्विटरमार्फत नेपाली जनताकाे शाेकमा साथ दिँदै दुर्घटनाले मर्माहत भएकाे उल्लेख गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई मेन्सन गर्दै मोदीले भनेका छन्, भारतीय नागरिकसहित विभिन्न देशका नागरिकको ज्यान जाने गरी नेपालमा भएको हवाई दुर्घटनाले मर्माहत भएको छु । यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु ।

मुख्यमन्त्री आदित्यनाथले भनेका छन्, नेपालमा भएकाे विमान दुर्घटना अन्त्य दु:खद छ । दुर्घटनामा ज्यान गुमाएका भारतीय नागरिकसहित सबैप्रति हार्दिक श्रद्धाञ्जली । शाेकाकुल परिवारजनमा मेराे समवेदना छ । भगवान श्रीरामले दिवंगत आत्मालाई आफ्नाे चरणमा स्थान र घाइतेलाई शिघ्र स्वास्थ्य लाभ प्रदान गरून ।

दुर्घटनामा मृत्युवरण गरेका उत्तर प्रदेशका व्यक्तिकाे पार्थिव शरीरलाई राज्यमा ल्याउने व्यवस्था गर्नका लागि अधिकारीहरूलाई विदेश मन्त्रालयसँग समन्वय गर्न निर्देशन दिईसकेकाे छ । यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले पनि दुर्घटनाप्रति दुख व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here