मनोबल नगिरोस्

0
128

उद्योग व्यवसाय देशको आर्थिक मेरुदण्ड हो । यो स्वस्थ र स्थिर रहेमात्र देशले आर्थिक समृद्धिको बाटो समाउन सक्छ । त्यही कारण नेपालमा राणा शासनकै समय उद्योगधन्दा स्थापना गरिएका थिए । राणा सरकारले समेत अनुभूत गरेको उद्योगधन्दाको महत्वलाई त्यसपछिका समयमा अझ बढी आत्मसात गर्दै त्यसको विकासमा लागेको इतिहाससिद्ध कुरा हो । पञ्चायती शासन व्यवस्थाकै समयमा देशमा थुप्रै उद्योगहरुको स्थापना भयो । मित्रराष्ट्रहरुको अनुदान तथा सहयोगमा स्थापित र सञ्चालित ती उद्योगहरुले हजारौंलाई रोजगारी दिएको थियो । उद्योगमा काम गर्नेहरुको परिवारको जीवन निर्वाहको माध्यम बनिएको थियो । तर, ती उद्योगहरु आज बन्द भइसकेका छन् । भएका र नयाँ खुलेका उद्योगधन्दा तथा व्यवसायहरु विश्वले भोगेको कोभिड महामारीका कारण प्रभावित भएका छन् । त्यसलाई राजनीतिक अस्थिरता, अस्थिर सरकार र त्यसले उत्पन्न गरेको परिणामले झनै संकटतर्फ धकेलेको छ ।

नेपाली अर्थतन्त्र वर्षौंदेखि शिथिल बन्दै गएको छ । जसका कारण उद्योगी, व्यवसायीहरुमा निराशा बढ्दै गएको छ । त्यही निराशाको परिणाममा प्रकट भएका आत्महत्याको श्रृंखला आत्मदाह जस्तो भयानक तथा दुःखद् घटना हुन थालेको छ । यसले उद्योगी, व्यवसायीमा मात्र होइन समग्र नेपाली समाजमा चिन्ता र निराशा थपेको छ । यही अवस्थाका बीच नेपाल उद्योग परिसंघले नेपाली अर्थतन्त्र अत्यन्त चुनौतिपूर्ण अवस्थाबाट गुज्रिरहेका बेलामा सरकारबाट चालू पुँजी कर्जा मार्गदर्शनको परिमार्जन, आयात फुकुवा, एलसी मार्जिन र निक्षेपमा ब्याजदर घट्ने जस्ता कदमहरुले अर्थतन्त्रलाई चलायमान गर्ने संकेत दिएको जनाएको छ । सरकारको नीतिका बावजुद विगतमा राष्ट्रले भोगेको सशस्त्र द्वन्द्व, भूकम्प, कोभिड जस्ता घटनाहरुले सिंगो देश नै आक्रान्त बनिएकाले त्यसमा सुधार हुन समय लाग्ने निश्चित छ ।

अर्थतन्त्र बलियो नभई देशले समृद्धिको यात्रा तय गर्न सक्दैन । देशको कूल आयको सत्तरी प्रतिशत योगदान यही क्षेत्रले गरेको छ । यस्तोमा राजश्वको मुख्य स्रोतका रुमपा रहका उद्योगी तथा व्यवसायीहरुमा निराशा बढ्नु देशकै लागि घातक हुन्छ । त्यसैले यस क्षेत्रमा संलग्न व्यक्ति वा प्रतिष्ठानहरुलाई मनोबल प्रदान गर्दै आवश्यक सहयोग तथा संरक्षण दिनु राज्य सञ्चालकहरुको कर्तव्य हुन आउँछ । यसका लागि सम्बद्ध सबै व्यक्ति, पक्ष, बैंक तथा वित्तीय क्षेत्र, कर्मचारी र नागरिक समाजले पनि ‘स्वदेशमै गरी खान्छु’ र राष्ट्रको समृद्धिमा टेवा पु¥याउँछ भन्नेहरुलाई भरथेग गर्नुपर्छ । अबदेखि सरकारको नीतिका कारण कोही कसैले आत्मदाह वा आत्महत्या जस्तो कठोर निर्णय नगरुन् त्यसप्रति सरोकारवाला सबैको गम्भीर क्रियाशीलता देखियोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here