रेडस्टार माध्यमिक विद्यालयको २७औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

२८ माघ २०७९, शनिबार मा प्रकाशित

छविराज ढकाल
पथरी ,
मोरङ्गको पथरीशनिश्चरे(२ स्थित रेडस्टार माध्यमिक विद्यालयले विभिन्न कार्यक्रमहरू संचालन गर्दै २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ।
शनिबार पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापो तथा विद्यालयका प्रधानाध्यापक टिएन तिमिल्सिनाले संयुक्त रूपमा फूलको बिरूवामा पानी लगाएर उद्घाटन गर्नु भएको हो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख तुम्वापोले रेडस्टार माध्यमिक विद्यालयले विद्यार्थीहरूको चौतर्फी विकासका लागि पुर्याएको विशिष्ट योगदानको चर्चा गर्दै आउने दिनहरुमा अझै सशक्त रूपमा जीवनोपयोगी शिक्षा प्रदान गर्न पनि शुभेच्छा प्रकट गरेका थिए।
सोहि अवसरमा प्रमुख अतिथि तुम्वापो र प्रधान अध्यापक तिमिल्सिनाले विद्यालयका पुर्व संस्थापक अशोक साम्पाङ राईलाई कदर पत्र तथा मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मानित गर्नुभएको थियो। सम्मान ग्रहण गर्दै शिक्षासेवी समेत रहेका राईले आफुलाई यस विद्यालय परिवारले संझेर विशेष सम्मान गरेकोमा आभार प्रकट गर्नुभयो।
प्रिन्सिपल टिएन तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शैक्षिक शत्र (२०७८ मा कक्षागत प्रथम, दृतिय र तृतीय श्रेणीमा उत्तीर्ण भएका छात्र छात्राहरुलाई ट्रफी,मेडल सहित प्रमाण(पत्र प्रदान गरिएको थियो भने
हिजो शुक्रबार बुढीगंगा गाउँ पालिकास्थित स्मृति इङलिस बोर्डिङ स्कुलमा आयोजित मोरङ्ग जिल्ला स्तरीय वादविवाद प्रतियोगिताको विपक्ष  यूवा नेतृत्वु शिर्षकमा प्रथम स्थान हासिल गर्न सफल रेडस्टार माविकी छात्रा सन्ध्या खड्का, लर्ड बुद्ध साकोसका वार्षिकोत्सवको अवसरमा वक्तृत्वकला प्रतियोगितामा तृतीय स्थान हासिल गरेकी छात्रा मोनिका आचार्य लगायतका विभिन्न विधामा विजयी विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। उक्त अवसरमा विद्यालयका विद्यार्थीहरुले आ आफ्नो गायन तथा नृत्यहरु प्रस्तुत गरेका थिए भने लेखक टंक चौलागाईले लेखेकोू श्रवण कुमारु नाटकको मञ्चन भएको थियो। विद्यालयका छात्र छात्राहरले भाग लिएको उक्त नाटकको निर्देशन नाट्यकर्मी सुमन बराल कुइँकेल तथा नाट्यकर्मी जीवन बरालको परिकल्पना रहेको थियो।
यसैगरी, नगरप्रवक्ता नवीन कार्की , नगरका शिक्षा अधिकृत नवीन दुलाल, भुपुसैनिक विद्यालयका उपेन्द्र कडेल,
अरूणोदय माविकी प्रिन्सिपल शान्ति राई, ईलाका प्रहरी कार्यालय पथरीका वरिष्ठ प्रहरी नायव निरीक्षक हिक्मत श्रेष्ठ , ग्रेट ग्रेस एकेडेमीकी प्रिन्सिपल गीता श्रेष्ठ, सह( प्रधानाध्यापक वसन्त मादेन, नगरका सूचना संयोजक सन्तोष राई लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here