फाइनलमा अर्जुनधारा–१ र अर्जुनधारा–६ले प्रतिस्पर्धा गर्ने

२८ माघ २०७९, शनिबार मा प्रकाशित

अर्जुनधारा, शनिश्चरे फुटबल क्लबको आयोजनामा झापाको अर्जुनधारामा जारी प्रथम यू–१८ वडास्तरिय फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जुनधारा–१ र अर्जुनधारा–६ले प्रतिस्पर्धा गर्ने भएको छ ।
अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानमा शनिबार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा अर्जुनधारा–७लाई १–२ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–१ ले उपाधिका लागि अर्जुनधारा–६सँग प्रतिस्पर्धा गर्ने पक्का भएको हो ।
अर्जुनधारा–१को जीतका लागि खेलको चौथो र ४९औं मिनेटमा युगल राई र गणेश गजमेरले १–१ गोल गरेका थिए । त्यसैगरी पराजित टिमका लागि खेलको ५५औं मिनेटमा दलबहादुर अधिकारीले एक गोल गरेका थिए । खेलका उत्कृष्ट खेलाडी विजयी टिमका खेलाडी सविन योङहाङलाई सामाजिक व्यक्तित्व सुरेन्द्र धिमालले एक जोर बुट हस्तान्तरण गरेका थिए ।
प्रतियोगिताको फाइनल खेल भोलि(आइतबार) दिँउसो ३ बजे हुने प्रतियोगिता आयोजक समितिका सचिव पेमा तामाङले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेता हुने टिमले नगद पुरस्कार ३० हजार र २० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
अर्जुनधारा–८लाई कार्वाहीः
गत शुक्रबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा अर्जुनधारा–६लाई पराजित गरेको अर्जुनधारा–८ कार्वाहीमा परेपछि अर्जुनधारा–६ फाइनलमा पुगेको हो ।
उमेर समूहभन्दा बढीको एक जना खेलाडीलाई खेलमा सहभागी गराएको पुष्टी भएपछि शनिबार सम्पन्न आयोजक समितिको बैठकले अर्जुनधारा–८लाई कार्वाही गर्ने निर्णय गरेको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here